धादिङ,१८ फागुन
आयोजक धादिङ फुटबल क्लबलाई हराउदै प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लब(एम.वाई.सी.)ले जितेको छ । शनिवार सम्पन्न भएको फाईनल खेलमा धादिङ फुटबल क्लव (डि.एफ.सी.)लाई २–० गोल अन्तरले पराजित गर्दै एम.वाई.सी.ले उपाधि रक्षा गरेको हो । फाईनलमा पराजय भोगेको धादिङ युवा क्लब भने उप बिजेतामा चित्त बुझाएको छ । उपाधि विजेता एम.वाई.सी. क्लवका खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै उपविजेता डि.एफ.सी.लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक एम.वाई.सी.का सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी एम.वाई.सी.का अनिल राना मगर, उत्कृष्ट गोल किपपर एम.वाई.सी.का सफल खत्री, उच्च गोलकर्ता शिवदल गणका सरोज श्रेष्ठ र उदयमान खेलाडी डि.एफ.सी.का समिर गु्रुङलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट बिनियोजन गरीरहेको बताउनुभयो । खेल मैदान निर्माणको लागि नगरपालिकाले बजेट बिनियोजन गरेर छेकबारको काम सम्पन्न भएको भन्दै प्याराफिट निर्माणको चरणमा रहेको बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |