धादिङ, २२ फागुन ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ सांकोषमा गृहिणी महिलाहरुको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मञ्जु थापा मगर, महिला विकास निरिक्षक निर्मला के.सी, नगर कार्यपालिका सदस्य राम्री नेपाली, नगर कार्यपालिका सदस्य शान्ता थापा, नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडा सदस्यहरु, वडा सचिव लगायतको आतिथ्यता रहेको थियो ।
उद्यमशीलता तालिम नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त साझेदारीमा सम्पन्न भएको हो । तालिम कम्तिमा १५ दिनदेखि तीन महिनासम्मको हुने, र ३ महिना तालिम पूर्ण गरिसकेपछि सिप परीक्षामा पठाई त्यसपछि महिलाहरूलाई गृहिणी महिलाहरुलाई उद्यमशीलतासँग जोड्ने नगरपालिकाको योजना रहेको छ । उद्यमशीलता कार्यक्रमबाट उत्पादित वस्तु तथा सेवाहरूलाई बिक्री वितरणको लागि नगरपालिकाले सहयोग गर्ने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |