धादिङ, २५ फागुन ।
धादिङको धुनिवेशी नगरपालिका–६, धार्केस्थित पृथ्वी लोकमार्गमो सवारी दुर्घटना भएको छ। काठमाण्डौंबाट चितवनतर्फ गइरहेको ना.३७ प.४६४० नम्बरको मोटरसाइकलले उही दिशामा गइरहेको प्र.२–०३–००१ ख.३९१९ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा, विपरीत दिशाबाट आइरहेको बा.प्र.०२–०२७ प.५८६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करपछि मोटरसाइकल चिप्लिएर सोही ट्रकको मुनि पुगेको बताइएको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहुनेहरुमा चितवन, राप्ति नगरपालिका–१० निवासी तथा हाल प्रहरी वृत्त सिंहदरबार, काठमाडौंमा कार्यरत ३८ वर्षका बुद्धि बहादुर चेपाङ , धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी १८ वर्षका मिङमार तामाङ र स्कुटरमा पछाडि सवार, मिङमार तामाङकी ४८ वर्षकी आमा पेमजोङ तामाङ रहेका छन् ।
चेपाङको दायाँ खुट्टा, दायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि धार्केस्थित साईबाबा सामुदायिक अस्पताल पठाइएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय (इ.प्र.का) खानिखोलाबाट प्रहरी निरीक्षक उज्जवल घलेको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। हाल मोटरसाइकल, ट्रक, स्कुटर तथा ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |