धादिङ, २५ फागुन ।
ज्वालामुखी गाउँपालिकाले प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापक लागि बालमैत्री स्थानीय शासन नितिगत र प्रक्रियागत र अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासनवडा समितिको संस्थागत संरचना र बालमैत्री स्थानीय शासनका सेवा प्रवाहका ३६ वडा र संस्थागत १५ गरि ५१ वटा सूचकहरू, बिद्यालयमा बालबालिकाहरुको शैक्षिक सुधारमा प्रधानाध्यापकहरुको भुमिका बालक्लब, बालक्लब संञ्जाल गठन तथा परिचालन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियोे ।
अभिमुखीकरण कार्यक्रममा ज्वालामुखि गाउँपालिका भित्रका ३१ जना प्रधानाध्यापक सहभागी रहेको शिक्षा शाखा प्रमुख देवकी सिम्खडाले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |