धादिङ, ०१ चैत्र ।
रेडबुल १५औं मार्पाक प्रिमियर लिग (MPL) को उपाधि चौतारा युवा क्लबले जित्न सफल भएको छ।
कुल १५ टिमको सहभागितामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा चौताराले उपाधि जित्दै नगद रु २२ हजार २२२, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता बनेको टिम थलाले नगद रु ११ हजार,१११, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो।
त्यस्तै, डुप्चे युवा क्लब प्रतियोगिताको अनुशासित टिम घोषित हुँदै नगद रु ५ हजार,५५५ जित्न सफल भयो। सेमिफाइनलमा पुगेका भेट्रान्स र चरङ्गे युथ क्लबले समानरुपमा नगद रु ३ हजार ३ सय ३३ प्राप्त गरे।
प्रतियोगितामा चौतारा टिमका सोमान तामाङ उत्कृष्ट गोलकिपर घोषित हुँदै नगद रु २ हजार २ सय २२ मेडल र प्रमाणपत्र प्राप्त गरे। चौताराकै विमल तामाङ उत्कृष्ट फरवार्ड घोषित भए भने उदियमान खेलाडी कर्णेल रणमेहर काजी युनाइटेडका समिर अधिकारी बने। उनीहरूमध्ये प्रत्येकले नगद रु २ हजार २ सय २२ , मेडल र प्रमाणपत्र हात पारे।
नकआउट चरणका खेलहरूमा मुख्य प्रायोजक रेडबुलको तर्फबाट “Red Bull Energetic Player of The Match Special Gift” रेडबुलका प्रतिनिधि रामशरण शिवाकोटीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
प्रतियोगिताको उद्घाटन अ.ने. शिक्षक संगठनका केन्द्रीय अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शंकर अधिकारीले गरेका थिए। कार्यक्रममा ठाकुर गुरुङ, उत्तम अधिकारी, गोपाल गुरुङ, डम्बर अधिकारी, सुब्बा ब. सुनार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
रेडबुल टाइटल स्पोन्सर रहेको प्रतियोगितामा नेपाली मन उद्योग मुख्य प्रायोजक थियो भने जयमाता देवी ज्वेलर्स, ट्रकर ट्रेक नेपाल, क्याम्ब्रिज बालाजु, र छाङ्गमी कोरियन भाषा केन्द्र बालाजु सह-प्रायोजक रहेका थिए। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सितामाया चोदेन, उत्तम अधिकारी, गोपाल गुरुङ, शंकर अधिकारी लगायतका व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए।
प्रतियोगिताको मिडिया पार्टनरहरूमा दिव्यदर्शन टेलिभिजन, नीलकण्ठ एफएम, भिजन न्यूज नेपाल, जनअपडेट, गुल्मी बुलेटिन, र धादिङ सञ्चार रहेका थिए।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |