बिनोद तमु, धादिङबेशी । गंगाजमुना गाउँपालिका–५ सुकपोखरी स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३५ औं वार्षिक उत्सव तथा अभिभभावक दिवस शुक्रबार सम्पन्न भएको छ । विशेष साँस्कृतिक कार्यक्रम तथा प्रशंसा पत्र वितरण सहित बिद्यालयको बार्षिक उत्सव सम्पन्न भएको हो ।
वार्षिक उत्सवको अवसरमा विद्यालयलाई बिभिन्न तवरले योगदान पु¥याउने दाता, शिक्षक, उत्कृष्ट अभिभावक लगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । साथै बार्षिक उत्सवकै अवसरमा अन्तर बिद्यालय स्तरीय म्यूजिकल चियर प्रतियोगिता पनि सम्पन्न भएको थियो । म्यूजिकल चिअरमा ढाडखर्क आ.वि. का सयल गुरुङले प्रथम, कुवापानी आ.वि. की युनिशा गुरुङले द्दित्तीय, सरस्वती आ.वि.की स्नेहा घलेले तृतीया र मण्डली मा.वि.का मौसम बि.क.ले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ बहादुर भुजेलको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यता, गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष कुमार अधिकारी, गाउँपालिकाका शिक्षा अधिकृत मान बहादुर बोहरा, पुर्व वडा अध्यक्ष रामचन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
हाल उक्त बिद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म पढाई हुने गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |