धादिङ, ०४ चैत्र ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाले सचिव सन्तोष राज श्रेष्ठलाई सुचना अधिकारीको जिम्मेवारी तोकेको छ । सोमबार पत्रकार महासंघ धादिङको हलमा सम्पन्न बैठकले श्रेष्ठलाई सुचना अधिकारीको जिम्मेवारी तोकेको हो ।
पत्रकार महासंघ केन्द्रिय समितिको माघ २९ गतेको बैठकबाट केन्द्रिय तथा सबै प्रद्येश र जिल्ला समितिमा सुचना अधिकारी तोक्ने निर्णय अनुसार श्रेष्ठलाई सुचना अधिकारीको जिम्मेवारी तोकिएको अध्यक्ष सिताराम अधिकारीले बताउनुभयो ।
बैठकले गुनासो सुन्ने अधिकारीमा बद्री अधिकारीलाई र लैंगिक सम्पर्क व्यक्ति (फोकल पर्सन) मा अस्मिता पोखरेललाई जिम्मेवारी तोकेको छ । त्यसैगरी महासंघको जिन्सि अभिलेख गर्नका लागि अनिल नेपालीलाई जिम्मेवारी दिएको छ भने महासंघको कार्यालयको नियमित सञ्चालनका लागि कर्मचारी नियुक्ति समेत गरेको छ।
धादिङ शाखाका सबै सदस्यहरूले चैत मसान्तभित्र आफ्नो सदस्यता नविकरण गर्नुपर्ने भएकोले कार्यलयमा सम्पर्क गरी आफनो सदस्यता नविकरण गर्नको लागि सचिव सन्तोषराज श्रेष्ठले आग्रह गर्नुभएको छ ।
साथै, नेपाल पत्रकार महासंघका संस्थापक सचिव र पूर्व अध्यक्ष राजेन्द्र प्रताप शाहको शालिक निर्माणका लागि सदस्यहरूलाई साझेदारी गर्न अपील गरिएको छ। महासंघले यस अपीलमा सबै पत्रकार र सम्बन्धित पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।
त्यसैगरी नेपाल पत्रकार महासंघ स्थापना दिवसको अबसरमा धादिङ शाखाले चैत १६ गते संचारकर्मी संचार संस्थाहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय गरेको छ ।
यो निर्णयले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रतामा सुधार ल्याउने अपेक्षा गरिएको छ, अध्यक्ष अधिकारीले भन्नुभयो, “धादिङ शाखाले पत्रकारहरूको हक र अधिकारको संरक्षणमा निरन्तर प्रयास गर्ने छ”।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |