धादिङबेशी । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङका अध्यक्ष बद्री प्रसाद कोईरालाले पदभार ग्रहण गर्नु भएको छ । शुक्रबार कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण कार्यक्रमा धादिङ अस्पतालका निमित्त निर्देशक गगन अधिकारी, जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख बिभु झा, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको कार्यालय प्रमुख अमुल्य दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
बागमती प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयको मिति २०८१ साल फागुन ११ गतेको मन्त्रिस्तरको निर्णय अनुसार नीलकण्ठ नगरपालिका वडा न ८ निवासी कोईरालालाई आयुर्वेद अस्पतालको अध्यक्षमा मनोनित गरेको थियो ।
पदभार ग्रहण पश्चात अध्यक्ष कोईरालाले आफु आयुर्वेद अस्पतालको सेवाग्राही पनि भएकोले सेवा प्रवाहमा थप चुस्तदुरुस्त बनाउन लागीपर्ने बताउनु भयो । उहाँले आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको नया भवनको यथासिघ्र डि.पि.आर. कार्य सम्पन्न गरि आगामी बर्षमा नयाँ भवनको सिलान्यास गर्ने बताउनु भयो । अध्यक्ष कोईरालाले आयुर्वेद अस्पतालको सेवा ग्राहीलाई सहज रुपमा सेवा लिने बातावरण सिर्जना गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |