धादिङबेशी । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरूलाई २ दिने मौरीपालन तालिम र मौरी सहितको घार वितरण गरिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग तथा धादिङ नेत्रहीन संघको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत २ दिने मौरीपालन तालिम र मौरी सहितको घार वितरण गरिएको हो ।
व्यावसायिक सीप हस्तान्तरण गर्दै आत्मनिर्भर बनाउने अभियान अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भर जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले बताउनुभयो ।
कार्यक्रमले अवसर पाएमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको र उक्त कार्यक्रमले सहभागीहरूलाई आत्मनिर्भरताको मार्गमा अघि बढ्न हौसला प्रदान गरेको उहाँको भनाई छ ।
तालिममा २० जना अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |