धादिङ,९ चैत
धादिङ समाज जापानको अध्यक्षमा बिमल श्रेष्ठ निर्वाचित हुनुभएको छ । समाजको टोकियोमा सम्पन्न भएको छैटौँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । सम्पन्न भएको छ।समाजका बरिष्ठ उपाध्यक्षमा बिजय सडौला निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षहरुमा प्रल्हाद अधिकारी,ईश्वरी अर्याल,मंगल बहादुर सुनार र विशाल भन्डारी निर्वाचित हुनुभएको छ । समाजको महासचिवमा सुशान्त बानियाँ , सचिवहरुमा दिपक बिष्ट र सरोज गिरी निर्वाचित हुनुभएको छ । समाजको कोषाध्यक्षमा रामबाबु दनाई र सह कोषाध्यक्षमा प्रविन नेपाल रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा,गणेश बहादुर अघिकारी,अजय न्यौपाने,समुद्र सडौला,देबिका पण्डित,रंजिता अर्याल,निरज पण्डित,प्रदिप जंग शाह,नबिन राना मगर,दिनेश विश्वकर्मा,सन्तोष श्रेष्ठ,भिनसेन कुवँर,सुनिल जमरकट्टेल,बद्री पौडेल,उपेन्द्र पण्डित र राजेश पण्डित रहनुभएको छ । समाजको अध्यक्ष श्यामहरि तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा धादिङ् समाज जापानका सल्लाहकारहरु तथा जापानका विभिन्न संघरसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।समाजले जिल्लामा विभिन्न सामाजिक कार्यहरु सन्चालन गर्दै आईरहेको छ। धादिङबाट जापान गई विभिन्न पेशा तथा व्यवसायमा रहनुभएकाहरुको साझा संस्थाको रुपमा धादिङ समाज जापानले विविध कार्यहरु गर्दै आईरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |