अर्घाखाँचीको भुवनपाटामा हिजो बेलुकी भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागि जाँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेको प्रहरीको भनाइ छ ।दुघंटनामा परी २७ जना घाईते भएका छन् ।
शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।
दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका ८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षकी उमा न्यौपाने, उहाँकी ६५ वर्षीया सासु ९नामथर नखुलेकी० र पश्चिम बर्दघाट बस्ने अन्दाजी ४५ वर्षीय गाडी चालक मदन कुमार बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |