धादिङ,१६ चैत
राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा धादिङका पत्रकारहरु विरोधमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न भएको हो ।पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाका आयोजना गरीएको नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनिुभयो ।
नेपाल पत्रकार महासंघ धादिङ शखाका अध्यक्ष सीताराम अधिकारीले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही र सन्चार माध्यम प्रतिको आक्रमणको निन्दा गर्दै त्यस घट्नाको विरोध गर्नुभएको छ । कार्य क्षेत्रमा खटिएका पत्रकारहरुलाई जिउदै जलाएर मार्ने काम निन्दनीय भएको भन्दै उहाँले दोषिलाई कारबाहीको दायरामा ल्याउनको लागि सरकारसँग माग गर्नुभएको छ ।
सभामा महासंघका पुर्व अध्यक्षहरु नवराज छत्कुली,राजाराम शर्मा,सल्लाहकार तथा कान्तिपुर टेलिभिजनका पोषनाथ अधिकारी, पत्रकार तथा प्रेस चौतारीका केशव अधिकारी,प्रेस युनियनका अध्यक्ष,प्रेस चौतारीका अध्यक्ष,प्रेस सेन्टर,समाजवादी प्रेस संगठनका प्रमुख एवं प्रतिनिधि लगायत जिल्लाका विभिन्न सन्चार माध्ययमा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |