पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्नुपर्ने माग गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान चलाउँदै उनलाई पक्राउ गर्न माग गरिएको हो ।यसरी पूर्वराजा शाहलाई गिरफ्तारको माग गर्नेमा राजनीतिक दलका भ्रातृसंगठनका नेता, अभियन्तालगायत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् ।
शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसक्रममा सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भयो । निजी भवन, गाडी तोडफोड र आगजनी गरिएको थियो । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरियो ।उक्त प्रदर्शन पूर्वराजा शाहकै सहयोग र निर्देशनमा गरिएको कतिपयको बुझाइ छ । सोही कारण उनलाई घटनामा जिम्मेवार ठहर्याउँदै कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिँदै छ । केही नेताले पनि उनीविरुद्ध कडा कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |