धादिङ,१७ चैत ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङस्थित भीमोदय माविमा पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष घोषणा गरिएको छ । अधिकारीका परिवारजनले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख ६१ हजार छ सय १६ रुपैयाँको छात्रवृत्ति अक्षयकोष घोषणा भएको हो । जसमा पार्वतीको घरपरिवारबाट एक लाख ११ हजार एक सय ११ र माइती परिवारबाट ५० हजार पाँच सय पाँच रुपैयाँ रहेको छ ।पार्वतीका पति शम्भु अधिकारी, पिता घनश्याम पाण्डेलगायत परिवारजनले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बसौला, प्रधानाध्यापक बिष्णुहरि शाहलाई अक्षयकोष रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले पार्वतीको अकल्पनीय निधनले आफू निकै मर्माहत भएको बताउनुभयो । पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षत्रीले पार्वतीको अल्पायूमै भएको देहावसानले आफू अत्यन्तै मर्माहत भएको बताउनुभयो। उहाँले आफ्ना दुई र पार्वती गरी तीन छोरी भएको उल्लेख गर्दै दुःखको यो क्षण भुल्न निकै कठिन भएको बताउनुभयो ।विद्यालय प्रधानाध्यापक शाहले पार्वतीले कखरा सिक्दै गर्दाका सम्झना झलझली आइरहेको भन्दै उनको देहावसानले आफू निकै भावविह्वल भएको बताउनुभयो ।
अक्षयकोष रकमको सही सदुपयोग गर्ने प्रतिवद्वता जनाउँदै सकिन्छ भने कोषको रकम बढाइदिन आग्रह गरे ।कार्यक्रममा रि माविका प्रधानाध्यापक रामचन्द्र सिटौला, भीमोदय माविका सहायक प्रधानाध्यापक, पार्वतीका जेठाजु बलराम अधिकारी लगायतले पार्वतीको सम्झना गर्नुभएको थियो। धादिङको गोलाङ जन्म, सिद्धलेक–२ नलाङ कर्मघर भएकी पार्वतीले पोखरालाई कर्मथलो बनाउँदै आएकी थिइन् । उनको ३७ वर्षको उमेरमा गत माघ १६ गते पोखरामा निधन भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |