प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशन धादिङपोष्ट डटकमका प्रधान सम्पादक पुनः केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौमा सम्पन्न भएको महाधिवेशनमा सिलवाल केन्दिय सदस्यमा निर्वाचित हुनुभएको हो । सचिव पदका आकांक्षी सिलवाल मतदान प्रक्रियामा नजाने भएपछि बागमती प्रदेशबाट सचिवमा मिनकुमार दाहाललाई सघाउँदै केन्द्रीय सदस्यमा निर्विरोध हुनुभएको हो । बागमती प्रदेशले एक पदाधिकारी सहित ५ केन्द्रीय सदस्य पाएको छ जसमा सचिव मिनकुमार दाहाल, महिला सदस्यमा अजिता अधिकारी, नारायण सिलवाल, ध्रुर्वराज ढकाल, रामकृष्ण बञ्जरा छन् ।
केन्द्रीय समितिको सदस्य संख्या २९९ बाट ९९ मा झरे सँगै अब सिलवाललाई धादिङ–नुवाकोट र रसुवाको समेत इञ्चार्ज जिम्मेवारी दिने तयारी अनुरुप केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित गरेको बताईएको छ ।महाधिवेशनमा देशैभरिबाट सहभागी ८०४ प्रतिनिधि र आयोजकहरूबीच केन्द्रीय कमिटिका सम्पूर्ण संरचना प्रत्येक्ष निर्वाचनको प्रक्रियामा गयो, केही पदमा निर्विरोध र अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगयात धेरै पदमा गोप्य मतदानबाट निर्वाचित भएका छन् ।
अध्यक्षमा कमल गिरि, वरिष्ठ उपाध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्ष खुल्लामा लक्ष्मण खड्का, विवेक गौतम र रामसिंह ठगुन्ना
उपाध्यक्ष समावेशीमा दिपक श्रेष्ठ जलन, उपाध्यक्ष महिलामा शान्ता अधिकारी, महासचिवमा मनोज घर्ती, उपमहासचिवहरूमा ज्ञान प्रसाद पौडेल, बुद्ध लोप्चन, हरिश विक, लक्ष्मी आचार्य, अनिल मिश्र निर्वाचित भएका हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |