धादिङ, १९ चैत्र ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाले पत्रकार हत्याका घटना र सञ्चारमाध्यममाथि भएका आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। मंगलबार महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका अध्यक्ष सिताराम अधिकारीको नेतृत्वमा गएको टोलीले विभिन्न छ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेमार्फत ध्यानाकर्षण पत्र पत्र बुझाएको हो ।
पत्रकार महासंघको ध्यानाकर्षण पत्रमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेक रजक आगोमा परेर मृत्यु भएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा आगजनी र ढुंगामुढा गरिएको, साथै कान्तिपुर टेलिभिजनको भवनमा पनि तोडफोड गरिएको उल्लेख छ। त्यस्तै, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गर्दै पत्रकारको ज्यान लिने प्रयास गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, र फोटो पत्रकार निराज तामाङको क्यामेरा लुटिएको घटनाहरूमा संलग्नलाई कडा कारबाही गर्न माग गरिएको छ।
साथै, महासंघले पत्रकार सुरेक रजकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, सञ्चारगृह तथा सञ्चारकर्मीलाई आवश्यक राहत प्रदान गर्न, र घाइते पत्रकारहरूको उपचारको व्यवस्था गर्न आग्रह गरेको छ।
यदि माग एक साताभित्र पूरा नगरिएमा, महासंघ सरकारले चालेका कदमविरुद्ध देशव्यापी आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले घटनाका दोषीहरूमाथि अनुसन्धान गरी कारबाही गर्नका लागि प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष पत्र पठाइने बताउनुभएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |