धादिङ,३१ चैत
लाईन्स क्लब अफ धादिङ भैरबीको अध्यक्ष बद्री अधिकारी चयन हुनुभएको छ । नेपाल रेड्क्रस सोसाईटीको हलमा सम्पन्न भएको बैठकले अध्यक्षमा अधिकारीलाई चयन गरेको हो ।यसैगरी प्रथम उपाध्यक्षमा प्रकाश सापकोटा,द्धितीय उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, सचिबमा जयराम भन्डारी,कोषाध्यक्षमा जयराम अर्याल चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा हेम माया गुरुङ,सेवा अध्यक्षमा सोभा छत्कुली र मार्केटिङ अध्यक्षमा सन्तोष अधिकारी चयन हुनुभएको छ ।
यसैगरी कोषाध्यक्ष दिपक अधिकारीले आर्थिक र अध्यक्ष कृष्ण बद्री पौडेलले क्लब बाट भए गरेका कामको बारेमा अबगत गराउनु भयो । लाईन्स क्लब अफ धाइङ भैरबीमा ३४ जना सदस्यहरु रहनु भएको छ । जसमा ३ जना आजिवन सदस्य रहेका छन । एक वर्षमा क्लबबाट बिदेश भ्रमण गरेको , सेवामुलक काम गरेको रक्त्तदान , पैदल यात्रा आदि गरेको , धादिङ मण्डली अर्को क्लब चार्टर भएको आदि बिषयमा क्लबको अध्यक्ष पौडेलले बत्ताउनु भयो ।बैठक सचिव सुजन श्रेष्ठले सन्चालन गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |