धादिङबेशी । सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका अन्तरगत लक्की ड्र मार्फत त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले स्कुटर जित्नुभएको छ।
त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालको बैशाखदेखी चैत मसान्त सम्ममा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो । सोही उपहार धमाका अन्तरगत खड्काले टिभिएस एन्ट्रोक स्कुटर जित्नुभएको हो। मोबाईल किन्दा स्कुटर जितेकोमा खुसी लागेको सजिनाले बताउनुभयो।
उहाँले भन्नुभयो्,‘एसइई दिएर बसेको थिएँ,अफरमै २०८१ साल चैत १८ गते त्रिमुर्ती मोबाईल हाउसमा मोबाईल किनेँ । अहिले स्कुटर जितेँ खुसी छुँ । एउटा मोबाईल किन्दा स्कुटर जितेँ, यो वर्ष मैले जितेँ । तपाईं पनि त्रिमुर्ती मोबाईल हाउस आएर मोबाईल किन्नुस्, अर्को पटक स्कुटर जित्ने पालो तपाईको हो ।’
त्रिमुर्ती मोबाईल हाउसले हरेक महिना ग्राहकहरुमध्येबाट एक जनालाई सुनको औँठी उपहार दिदै आएको प्रोपाइटर इश्वर श्रेष्ठले बताउनुभयो।
‘उपहारमा सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत विभिन्न सामाग्री दिदै आएको थिएँ । तर यो वर्ष स्कुटर थपेँ उहाँले भन्नुभयो ।ग्राहकहरुले विश्वास गरेर त्रिमुर्ती मोबाईल हाउसमा आउनुहुन्छ । थोरै बचेको फाइदाबाट विभिन्न उपहार दिदै आएको थिएँ। व्यवसाय सन्तुष्टि र फाइदा दुवै हो । विशेषत ग्राहकलाई सन्टुष्टि दिन र नयाँ वर्षमा नयाँ काम गर्ने सोचले स्कुटर लगायत विभिन्न सामाग्री उपहार दिएको हो,’श्रेष्ठले भन्नुभयो।’
कार्यक्रमको अवसरमा सुनको औँठी, पावर बैंक, स्मार्ट वाच, एयरपर्टस्, एयरफोन लगायत सामाग्री करिव एक सय जनालाई प्रदान गरिएको थियो।
विभिन्न खेल खेलाउदै उपहार दिएर ग्राहक तथा सहभागीहरुलाई नयाँ वर्ष रोचक समेत बनाएका थिए ।अर्को वर्ष हिरोको जुम स्कुटरसाथै हरेक महिना सुनको औँठी लगायत विभिन्न उपहार वितरण गरिने प्रोपाइटर श्रेष्ठले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |