महोत्तरी, ३ चैत
धेरै पालिकाहरुमा युवाहरुले जनप्रतिनिधि बन्न आकांक्षाा देखाएका छन । ३५ वर्षभन्दा मुनिका युवाहरुको जनप्रतिनिधि वन्न देखिएको दौडधुपले महोत्तरीमा रौनक देखिएको छ ।
बर्दिबास नगरपालिकाका वडा-१ का अध्यक्षका अाकांक्षी निरज अधिकारी र सौरभ खडका यसपालीको सत्ता सञ्चालन युवाहरुले गर्नुपर्ने बताउँछन् । पाटीभित्र अग्रज धेरै भएपनि युवाहरुले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरुको भनाइ छ ।
`पार्टीले युवाहरुलाइ अग्रसर बनाएर नयाँ राजनैतिक धारको बिकास गर्नुछ भने विकासका आधारहरु तयार गरेर रोजगारी सिर्जना गर्नु छ´ , उनीहरु दुबैकाे साझा भनाइ छ । त्यस्तै बर्दिबास-१०, ११ तथा वडा न.३ मा पनि युवाहरुले वडा अध्यक्षका लागि दाबी गरेका छन्। वडा न.३ का गणेश बस्नेत, पुर्ण वहादुर, नर वहादुर खनाललगायतले अाकांक्षा देखाएका छन ।
अकांक्षीहरुमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोडन सफल युवा नेता गणेश बस्नेतको निक्कै चर्चा छ । स्थानीयले पार्टीभन्दा पनि ब्यक्तिकाे क्षमता र सोचलाइ हेरेर आफ्नो मत प्रयोग गर्ने वताइरहेको वेला युवा सहभागीतालाइ महत्वपूर्ण ढंगले हेरिएको छ ।
त्यस्तै अन्य वडाका युवाहरुले पनि अकाङक्षा देखाएका छन । पाटीले युवा सहभागीतालाइ जोड दिने वताइरहेको वेला युवाहरुको आकर्षणले सकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानीय बताउँछन् ।
राजनैतिक संस्कारलाइ परिवर्तन गर्नपनि युवाहरुले नेतृत्व लिनुपर्ने बर्दिबास-१ का सुदर्शन काफ्ले, वडा न.४ का हरि काफ्ले बताउँछन् ।
यसैबीच नेपाली कांग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरुमा उम्मेदवार टुंगो लगाएत पनि अन्य पालिकाहरुमा प्रक्रियामा नै छ । नेपाली कांग्रेसका नेता चिरिन्जिवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुंगो लगाएर सिफारिस भएका नामहरु जिल्लामा बुझाउने कार्यक्रम छ ।
यता नेकपा एमाले भने अझै अलमलमा छ । अाकाक्षीहरुको संख्या अत्याधिक भएको कारणले उम्मेदवार टुंगो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले जानकारी दिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |