जुम्ला, ०४ वैशाख
कनकासुन्दरी गाउँपालिकाको गोठीज्युलादेखि कालाकाडा हुँदै मुगुको खत्याड जाने ४ सय मिटर सडको डब्बललाइन कटिङ भएको छ । सडक निर्माणका कारण खानेपानीको पाइपलाइन कटिएका छन् ।
सडक निर्माण हुँदा भिगाडे, रुप्सिकोट, बुढुकोट खानेपानी आयोजनाको पाइप डोजरले फुटाएपछि कोटघर स्वास्थ्य चौकी, पाण्डबगुफा माद्यामिक विद्यालय कोटघर, वडा नम्बर ८ वडा कार्यालय र भट्टभण्डारी गाउँका १ सय ३० घरधुरीको खानेपानी विनाश भएको हो ।
दुई हप्तादेखि पाण्डगुफा स्वास्थ्य चौकीमा खानेपानी नआएर हाहाकार भएको स्वास्थ्य चौकी इन्चार्ज जयलाल उपाध्यायले बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा सरसफाइ र कपडा धुनको लागि हिम नदीमा जाने गरेका छौं । खानेपानी नजिकैको सञ्जेलवाडा गाउँबाट बोकेर खाने बाध्यता छ ।’
त्यस्तै पाण्डबगुफा माद्यामिक विद्यालय कोटघरमा पनि खानेपानीको समस्या भएको छ । केही विद्यार्थी र शिक्षक घरबाटै पानी बोकेर खाने गरेको प्रधानाध्यापक दीपेन्द्र रोकायाले बताए ।
‘चैत र वैशाखको चर्को घाममा पानीको तिर्खा बढी लाग्ने र घरबाट ल्याएको पानी बट्टामा ताप्ने भयकाले प्राय जसो हिम नदीको पानी खाने गरेका छौं,’ उनले भने ।
त्यस्तै यसअघि हाम्रो गाउँमा घरघरै पानीका धारा आउथ्ये अहिले गोटिज्युला बजारदेखि सडक खनेर १ सय ३० घरमा खानेपानी नै आएको छैन स्थानीय शान्ति उपाध्यायले बताइन् । उनले भनिन, ‘यो खानेपानी नल्याउँदै अगाडि भट्टभण्डारीवाडा गाउँ हिम नदीको पानी खाने गरेका थियौं ।’
तीन वर्ष भयो धाराको पानी खाने गरेको अहिले फेरि दुई हप्ता जति भयो हिम नदीमा पहिलेकै जस्तो खाने गरेको उनले बताए । उपाध्यायका अनुसार कपडा धुन, नुहाउन, गाईगोरु, भैंसी र भेडा बाख्रालाई पानी खुवाउन पनि हिम नदी लिनुपर्छ । यहाँ सबै छिमेकी गाउँ पाउसेरामा गएर पानी ल्याउने गरेका छौं । र, कसै कसैले त हिम नदीकै पानी खाने गरेका छन् ।
त्यस्तै धेरै मेहेनेतका साथ कनका सुन्दरी को ३ नम्बर वडाबाट ८ नम्बर वडामा खानेपानी ल्याएको खानेपानी अध्यक्ष लक्ष्मीप्रसाद भट्टले बताए । उनले भने अहिले एक हप्ता भइसक्यो पानी बनाउन लागेको बनाउन सकिएको छैन । डोजरले खनेर कतै पाइप धेरै गहिराइमा पारेको र जताततै फुटालेले सडक भरि पानी नै पानी आउने बनाइको छ । यो खानेपानी बनाएर अब सम्भावना छैन ,फेरि यसलाई बजेट हालेर सुधारमा जानू पर्ने भट्टले बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |