धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधबार गाउँपालिकाको कार्यालय गजुरीमा भएको सातौँ गाउँसभा २०७७ मा गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा फुड बैँकलाई निरन्तरता, कृषि एम्बुलेन्स सन्चालन गर्ने, एक बिधालय एक नर्स ,युवा व्यावसायिक ऋणमा ब्याज सहुलियत, उपाध्यक्ष सँग महिला कार्यक्रम, Zero Home Delivery निरन्तरता लगायतका योजनाहरु समावेश गरिएको गाउँपालिका उपाध्यक्ष सिता ढुङ्गानाले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा व्यावसायिक पशुपालन तर्फ किसानहरुलाई आकर्षित गर्न (गाई, भैंसी र बाख्रा) नश्ल सुधार कार्यक्रम ,रासायनिक मल खाद तथा विषादी प्रयोगमा न्यूनीकरण गर्दै प्राङ्गारिक तथा अर्गानिक खेती कार्यलाई प्रोत्साहन,गाउँपालिका भित्र हुने कृषि उत्पादनहरु, तरकारी, फलफूल तथा दूग्ध संकलन केन्द्र, चिस्यान केन्द्र स्थापना गरि उचित मूल्य र्निधारण सहित सहज बजारीकरणको व्यवस्था लगाएतका विषयहरु समाबेश गरिएको छ ।
गाउँपालिकाबाट पारित भएको नीति तथा कार्यक्रम :
सातौं गाउँ सभाको अध्यक्षता गरिरहनु भएका सभाध्यक्ष महोदय,
गाउँ सभाका सदस्यहरु,
१. नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार गठन भई आपसी समन्वय, सहकार्य, सहयोग र समझदारीमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न देश समृद्ध विकास तर्फ अगाडि बढिरहेको सन्दर्भमा विश्वलाई नै आक्रान्त पार्ने गरी विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले ल्याएको चुनौती पूर्ण र विषम परिस्थितिका बीच आर्थिक वर्ष २०७७/७८ को लागि गजुरी गाउँपालिकाको यस गरिमामय सातौं गाउँ सभामा चौथो आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु ।
२. नेपालको संविधानको मर्म अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई मजवुत बनाउँदै तिनै तहको सरकारको समन्वय, सहकार्य र सहयोगमा कोरोना भाइरसको संक्रमणको रोक थाम तथा नियन्त्रणमा गजुरी गाउँपालिका पूर्ण प्रतिबद्ध रहेकोछ । नेपालभित्र तथा बाहिर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र विश्वभर ज्यान गुमाउने नागरिकहरुप्रति गजुरी गाउँपालिका हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनम ा गहिरो समवेदनाका साथ संक्रमित भै उपचाररत सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
३. गजुरी गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) रोक थाम तथा नियन्त्रण कोषमा रकम जम्मा गर्नु हुने तथा फूड बैंक मार्फत खाद्यान्न उपलब्ध गराउनु हुने सम्पूर्ण व्यक्ति, कर्मचारी, सरकारी तथा गैरसरकारी संघ संस्था एवं दाताहरुमा गजुरी गाउँपालिका यस गरिमामय सभा मार्फत हार्दिक आभारका साथ धन्यवाद ज्ञापन गर्दछ ।
४. कोरोना भाइरस (कोभिड–१९) का कारण देश बन्दाबन्दी अवस्थामा रहँदा गजुरी गगाउँपालिका भित्र रहेका दैनिक ज्यालादारी गर्न नसकि रोजी रोटी गुमाएका तथा असाय, असक्त, एकल महिला, अपाङ्गता भएका र सहारा विहिन नागरिकहरुलाई खाद्यान्न वितरण गर्न सहजीकरण तथा सहयोग गर्नु हुने सबै राजनीतिक दल तथा तिनका नेतृत्व तह, सामाजिक संघ संस्था, आमा समूहहरु, सामुदायिक वन समूह, समाजसेवी, बुद्धिजीवी लगायत सम्बद्ध सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
५. संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले व्यवस्था गरेको आधारभूत तहको सरकार स्थानीय तहको महत्व र प्रभावकारितालाई व्यवस्थित र अर्थपूर्ण बनाउँदै विकास र समृद्धिमा अघि बढिरहेको अवस्थामा यस गरिमामय सभामा उपस्थित भई गजुरी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वीत महसुस गरेको छु ।
६. यस महत्वपूर्ण घडीमा संघीयता, गणतन्त्र प्राप्ति लगायतका विभिन्न संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने ज्ञात अज्ञात महान शहिदहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । नेपालको राष्ट्रियता, अखण्डता, स्वाधीनता र गणतन्त्र प्राप्तिको संघर्षमा नेतृत्व प्रदान गर्नु हुने हाम्रा महान वीर पूर्खाहरु तथा अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दै अग्रगामी परिवर्तन र रुपान्तरणमा वहाँहरुले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन सहित हृदय देखि नै स्मरण गर्न चाहन्छु ।
७. यसै सिलसिलामा ऐतिहाँसिक तथ्य र प्रमाणहरुको आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित नेपालको हडपिएको क्षेत्रलाई समावेश गरी नेपालको परिमार्जित नक्शा जारी गरेकोमा नेपाल सरकार तथा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू तथा संघीय संसदका सम्बद्ध सम्पूर्ण माननीय ज्यूहरुप्रति गजुरी गाउँपालिका उच्च सम्मानका साथ हार्दिक आभार प्रकट गर्दछ ।
८. गजुरी गाउँपालिका लोकतान्त्रीक विधि प्रक्रिया र यसका मूल्यमान्यता, मानवअधिकारको संरक्षण एवं प्रत्याभूति दिलाउन, सुशासन, उत्तरदायी स्थानीय सरकार, भ्रष्टाचार नियन्त्रण, स्वतन्त्रन् यायीक निरुपण, आवधिक निर्वाचन, विधिको शासन, पूर्ण प्रेस स्वतन्त्रता, आम नागरिकको आधारभूत हक अधिकारप्रति सधैं प्रतिबद्ध रहेको छ । आम नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुले पटक पटक गर्दै आएको ऐतिहाँसिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानीको गौरव पूर्ण इतिहाँसलाई स्मरण गर्दै सहिदहरु, वेपत्ता व्यक्ति एवं परिवार, पिडित नागरिकहरुप्रति सम्मान व्यक्त गर्दछौं ।
९. जननिर्वाचित जनप्रतिनिधिको रुपमा जनताको सेवामा अनवरत लागि परिरहेकै अवस्थामा वीरगति प्राप्त गर्नु हुने तत्कालीन किराञ्चोक गाउँ विकास समितिका उपाध्यक्ष रामबहादुर पण्डितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान र परिवारजनको गजुरी गाउँपालिका उच्च सम्मानका साथ स्मरण गर्दछ ।
१०. नेपालको संविधानले अंगिकार गरेको तीन खम्बे अर्थ नीति अनुसार तिव्र आर्थिक वृद्धि गरी दिगो विकास लक्ष्य प्राप्ति गर्न संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहयोगमा समाजवाद उन्मुख अर्थतन्त्रको आधार खडा गर्न गजुरी गाउँपालिका पूर्णत दृढता प्रकट गर्दछ ।
सभाध्यक्ष महोदय
११. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण आम नागरिकको दैनिक जनजीवन र अर्थतन्त्रमा पर्न गएको नकारात्मक असरलाई कम गराइ सहजताका साथ पुनःस्थापना गर्न आम नागरिकको स्वस्थ जीवन र उत्पादनशील कार्यमा हाम्रो ध्यान केन्द्रित गराउनु जरुरी देखिन्छ । गजुरी गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट यसै तर्फ केन्द्रित रहनेछ ।
१२. स्थानीय हको निर्वाचन भै हामीले गजुरी गाउँपालिकाको नेतृत्व सम्हालेको तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरि सकेकोछ । यस समयावधिमा संवैधानिक विधि प्रक्रियालाई आत्मसात गरी सुशासन तथा सेवा प्रवाहलाई समयानुकुल बनाउन ऐन, नियम र कार्य विधि निर्माण गरी कार्यान्वयनमा ल्याएका छौं भने आवश्यकता अनुसार थप तथा परिमार्जन गर्दै लगिनेछ ।
१३. “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षालाई टेवा पु¥याउने लक्ष्यका साथ “स्वस्थ, सुसँस्कृत, सुखी र खुशी जनता, समाजवाद उन्मुख गजुरी गाउँपालिका”को अग्रगामी सोचलाई पूरा गराउन गजुरी गाउँपालिकाको पहिलो रणनीतिक गुरु योजना यसै वर्षबाट कार्यान्वयनमा ल्याइनेछ । साथै नेपाल सरकार र प्रदेश सरकारको तर्फबाट अघि सारिएका सबै अभियानहरुमा समेत गजुरी गाउँपालिका ऐक्यबद्धता सहित कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जाहेर गर्दछ ।
१४. गजुरी गाउँपालिकाका आम मतदाताहरुको अमूल्य मतद्वारा निर्वाचित भै गजुरी गाउँपालिकाको विकास, रुपान्तरण, समृद्धि तथा जनतालाई सुखी र खुशी तुल्याउन हामीले जिम्मेवारी सम्हालेको तीन वर्ष विति सकेकोछ । हालसम्म हामीले अनुमोदन गरि अघि बढाएको नीति, कार्यक्रम तथा सोको अधिनमा रहि बजेट विनियोजन गरि विकास निर्माण तथा सुशासनको थालनी गरेका थियौं । जसको परिणाम स्वरुप विकास र समृद्धिको जग बसाल्न गजुरी गाउँपालिका सफल भएको छ । स्थापित विकासको जगको आधारमा विकासको प्रतिफल र समृद्धिको यात्रा यस आर्थिक वर्षबाट गजुरी गाउँपालिकाले थप हाँसिल गर्नेछ र “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्नमा गजुरी गाउँपालिकाको पनि योगदान पुग्ने कुरामा हामी विश्वस्त छौं ।
१५. स्थानीय तहलाई जनताको घर दैलोको सरकारको प्रत्याभूति दिलाउन लामो समय देखिको जनप्रतिनिधि नहुँदा भएका अन्यौलता, जटिलता, अप्ठ्याराहरुलाई चिर्दै जनताका हक अधिकार स्थापित गर्दै जनताका आशा र भरोसालाई अझ बढी विश्वस्त बनाइ, आर्थिक विकास, सामाजिक न्याय र समुन्नतिका लागि प्रतिबद्ध रहँदै सिंहदरबारको अधिकार आम नागरिकका घरघरमा पुगेको महसुस गराउन सफलता प्राप्त गर्दै गएका छौं ।
१६. विरामीको लागि औषधी बनेर, घाउचोट लागेकालाई मलम बनेर, प्रसव वेदनाले छटपटाएकालाई एम्बुलेन्स बनेर, असहाय र बेसाहाराको सहयोगी र सहारा बनेर, खानेपानीको प्यासमा तिर्खाएकालाई घरघरमा खानेपानी लिएर तथा शिक्षाको उज्यालो किरण नपुगेको वस्तीमा शिक्षाको मन्दिर विद्यालय स्थापना गराएर, सहज रुपमा आवत जावत गर्नलाई सडक र पुल बनाएर गजुरी गाउँपालिकाले जनप्रतिनिधिको जिम्मेवारी र भूमिकाको सहि सदुपयोग गर्दै जनताको अभिमतको महत्वलाई सदा सम्मान गरेको जाहेर गर्न चाहन्छु ।
१७. गजुरी गाउँपालिकामा हामी जनप्रतिनिधि भै कार्य थालनी गरिसकेपछि यस बीचमा आम नागरिकका र विकास निर्माणमा भएका समस्याहरु पहिचान गर्ने र तिनका निराकरणका उपायहरु तथा गाउँपालिकाको संस्थागत विकासका सूत्रहरु बनाइ भावी दिनमा हामीले प्रवाह गर्ने सेवालाई समयानुकुल प्रविधिमैत्री एवं स्तरीय बनाउन कटिबद्ध रहेकाछौं ।
१८. स्थानीय तहको विकास गतिलाई चुस्त दुरुस्त गर्दै योजनाबद्ध रुपमा व्यवस्थित र प्रभावकारी बनाउन लोकतान्त्रीक संघीय गणतन्त्र नेपालको संविधान २०७२ मा स्पष्ट व्यवस्था भै कार्यकारी, व्यवस्थापकीय तथा न्यायीक अधिकार स्थानीय तहलाई भए अनुसार गजुरी गाउँपालिकाको गाउँ सभा गरि नीति, कार्यक्रम, योजना तथा वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार आज हामी गजुरी गाउँपालिकाको सातौं गाउँ सभामा सहभागी भैरहेकाछौं । संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहको ऐन, नियम, निर्देशिका, कार्यविधि तयार गरि नीति, कार्यक्रम, योजना तथा बजेट साथै कर र राजस्वका दरहरु निर्धारण गरि यसै गाउँ सभाबाट स्वीकृत गरि कार्यान्वयन गर्न गैरहेकाछौं ।
१९. संवैधानिक व्यवस्था अनुसार गजुरी गाउँपालिकाको योजना तर्जुमा प्रक्रियालाई जनसहभागिताको माध्यमबाट अघि बढाउने उद्देश्य अनुसार टोल बस्ती तथा वडास्तरबाट नै कार्यक्रम तथा योजना छनौट गर्ने तथा विभिन्न राजनैतिक दल, संघ संस्था, महिला बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिक, विकास प्रेमी स्थानीय नागरिक, समाज सेवी तथा बुद्धिजीवीहरुको सल्लाह एवं सुझाव समेतको आधारमा नीति, कार्यक्रम तथा योजना बनाउने हाम्रो सोचलाई कोरोना भाइरसको संक्रमणका कारण सामूहिक भेला, छलफल तथा अन्तरक्रिया गर्न समस्या भएता पनि वैकल्पीक माध्यमबाट भए पनि सबै राजनैतिक दल, संघ संस्था, स्थानीय हरेक तह र तप्काका आम नागरिकका राय, सल्लाह, सुझावहरुलाई समेटेर गजुरी गाउँपालिकाको सबै नागरिकको अपनत्व हुने गरि आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु ।
२०. उत्तरतर्फ मोहडा फर्किएर रहेको गजुरी गाउँपालिका विविध खालको हावा पानी भएको सुन्दर र मनोरम दृश्यले भरिपूर्ण रहेकोछ । १३८.६६ वर्ग कि.मी. भूभाग ओगटेको यस गाउँपालिका पूर्वमा बेल्खु खोला, पश्चिममा मलेखु खोला, उत्तरमा त्रिशुली नदी र दक्षिणमा महाभारतको लेकले वेष्ठित रहेकोछ । पर्यटकीय तथा धार्मिक साँस्कृतिक पहिचान बोकेको यस गाउँपालिका महाभारत लेकको सुन्दर हरियाली देखि त्रिशुली नदीको मनोरम दृश्यका बीच विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृति, रीतिरिवाजका मानिसहरु बसोबास गर्ने साझा फूलबारीको रुपमा परिचित रहेकोछ ।
२१. आठ वटा वडामा विभक्त गजुरी गाउँपालिमा करिव ६२ सय घरधुरी तथा ३२ हजार जनसंख्या रहेकोछ । कृषि उत्पादन हुने उर्वर भूमि, औद्योगिक क्षेत्र विस्तारका लागिउपयुक्त स्थानहरु, खनिजजन्य श्रोतले भरिपूर्ण, थुप्रै हरियाली वनले प्राकृतिक सौन्दर्यता भरेको वस्तीहरु, समग्र विकासको गतिमा निरन्तर अघि बढिरहेको समाज जस्ता थुप्रै अनुपम कुराहरुले गजुरी गाउँपालिकाको गरिमालाई अझ धेरै भरिपूर्ण र उज्ज्वल बनाइ राखेकोछ ।
२२. नून देखि सुन सम्म सबै खाले उपभोग्य वस्तुको उत्पादन हुन सक्ने यस गाउँपालिका विकासको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । नेपालको सबै भू–भागसँग सम्बन्ध कायम भएको राष्ट्रिय मार्ग एवं चीन–नेपाल–भारत त्रिदेशीय सडक समेत यस गजुरी गाउँपालिका हुदै जानु र प्रदेश स्तरीय सडक (रसुवा, गल्छी, आदमघाट, च्याङ्ली, थामभञ्ज्याङ, कैलाश, बैकुण्ठ, मनहरी, हेटौंडा) समेत यसै गाउँपालिका केन्द्रित भै जाने योजनामा रहनुले पनि गजुरी गाउँपालिका भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सक्षम र सफल रहने आशा जगाएको छ भने हाम्रो आर्थिक, सामाजिक, पर्यटकीय तथा समृद्धि हाँसिल गर्ने सौभाग्यको जग स्थापित हुँदै गएको कुरामा दुई मत छैन ।
२३. गजुरी गाउँपालिका भित्र रहेका अल्पसंख्यक, पछाडि पारिएका वर्ग, बहिष्करणमा परेका नागरिक तथा समुदायलाई विकासको मुल प्रवाहमा ल्याई विकास निर्माणलाई गतिशील बनाउन कोरोना भाइरस (कोभिड–१९)बाट सजग र सतर्क रहँदै, स्वस्थ मानव जीवनको रक्षा गरी दक्ष तथा प्राविधिक ज्ञान सीपले भरिपूर्ण जनशक्तिको उत्पादन गर्दैै कृषि क्षेत्रको व्यावसायिकीरण, आधुनिकीकरण र यान्त्रीकीकरण गरि उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने, औद्योगिक तथा रोजगार मुलक व्यवसायको विकास गर्ने, सुशासन कायम गरि दैनिक सेवा प्रवाह प्रविधिमैत्री बनाइ प्रभावकारी र आधुनिक तुल्याउने, पर्यटकीय क्षेत्रको विकास र सम्वद्र्धन तथा प्रवद्र्धन गर्दै सामाजिक विकासलाई संस्थागत गरि विकासको अनुभूति, अमन चयन आम नागरिकहरुलाई गराउने, वन तथा वातावरणीय पर्यावरणको संरक्षण र संवद्र्धन गर्ने गराउने, विपद पूर्व तयारीको कार्य गरी अकालमा हुने जन धनको क्षतिलाई न्यूनिकरण गर्नुहाम्रो मुख्य अभिभारा रहनेछ ।
२४. उल्लेखित सबै कुराहरुको बोध गर्दै र हामी जनअनुमोदित भई जनप्रतिनिधिको हैसियतले सेवा प्रवाह गरेको तीन वर्षको अनुभव अनि गजुरी गाउँपालिका भित्रका क्रियाशील राजनीतिक दलहरुको राजनैतिक सहमति, समाज सेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, संघसंस्था, महिला, बालबालिका, दलित, जनजाति, समाजमा रहेका सबै तह र तप्काका आम नागरिकहरु तथा विज्ञहरुको सल्लाह, सुझाव, अनुभवहरु समेतको आधारमा गजुरी गाउँपालिकाको आजको यस गरिमामय सातौं गाउँ सभामा यस गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्न तपाईहरुको सामु उभिएको छु ।
सभाध्यक्ष महोदय
२५. किसान दाजु भाइ तथा दिदी बहिनीहरुलाई निर्वाहमुखी खेती प्रणालीबाट व्यावसायिक कृषि प्रणाली तर्फ उन्मुख गराउन आवश्यक कार्यक्रमको व्यवस्था गरि कृषि पेशालाई एकिकृत र व्यावसायिक बनाउन पहल गर्र्दै कृषि यान्त्रीकीकरण, विविधिकरण तथा प्रविधिमा जोड दिंदैएक वडा एक कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिने साविकको नीतिलाई निरन्तरता दिंदै थोरै लगानी धेरै प्रतिफलको नीति लिइनेछ ।
२६. उन्नत पशुपालनको लागि पशुपालक किसानहरूलाई प्रोत्साहन गर्दै लगिनेछ । कृषि तथा पशु प्राविधिकहरूको समन्वयमा गाउ“ स्तरीय कृषि तथा पशुजन्य तालिम तथा अन्य सीप विकास कार्यक्रमहरूलाई अगाडि बढाउन कृषक÷पशुपालन समूहहरुको गठन र परिचालनको नीतिलाई कार्यान्वयनमा ल्याइनेछ । साथै गाई भैंसी सुत्केरी स्याहार कार्यक्रमलाई निरन्तर राखिनेछ । ग्रामिण क्षेत्रको भौगोलिक अवस्था, प्राङ्गारिक तथा अर्गानिक कृषिलाई मध्ये नजर गर्दै पशु पालन कार्यलाई संघ तथा प्रदेश सरकारको समन्वयमा अनुदानको व्यवस्था मिलाउने पहल गरिनेछ ।
२७. माटो परिक्षण गरि भिरालो जमिनको वैज्ञानिक वर्गिकरण गरि हावापानी र प्राकृतिक मौसमको आधारमा सामूहिक व्यवसायिक खेती प्रणाली अपनाईनेछ । माटो, पाटो र बाटोको आधारमा जग्गाको वर्गीकरण गरी कृषि पकेट क्षेत्रको निर्धारणका साथमा माछा, मासु, अण्डाको उत्पादन तथा बेमौसमी तरकारी, च्याउ खेती, अन्नवाली, फलफूल, व्यावसायिक खेतीलाई प्रवद्र्धन गरि कृषिलाई आधुनिकीकरण तथा व्यावसायिकीकरणमा जोड दिन तरकारी, फलफूल, विभिन्न अन्न बालीको खेती तथा बाख्रा, कुखुरा, बंगुर, माछा, गाई, भैंसी पालनलाई प्राथमिकता दिइनेछ । माछा, मासु र दूधमा आत्मनिर्भर गाउँपालिका बनाइ आयात प्रतिस्थापनमा जोड गरिनेछ । ग्रामिण भेगमा लोकल कुखुरा पालनलाई व्यावसायिक रुपमा अघि बढाउन प्रोत्साहन गरिनेछ । यस किसिमका कार्यलाई प्रोत्साहन गर्न एक वडा एक उत्पादन तथा विक्री केन्द्रको स्थापनामा ध्यान दिइनेछ ।
२८.व्यावसायिक पशुपालन तर्फ किसानहरुलाई आकर्षित गर्न (गाई, भैंसी र बाख्रा) नश्ल सुधार कार्यक्रम अघि बढाइनेछ । यस गाउँपालिकाको माथिल्लो भेगमा फल्ने वर्षे आलुलाई व्यावसायिक बनाइ त्यस भेगका नागरिकको खाद्य सुरक्षामा ध्यान पु¥याइनेछ । धान मकै जस्ता आधारभूत खाद्यान्नको उत्पादनमा जोड दिइ चैते धान उत्पादनलाई प्रोत्साहन गर्न चैते धान रोपाइ महोत्सवको आयोजना गराइनेछ ।
२९. रासायनिक मल खाद तथा विषादी प्रयोगमा न्यूनीकरण गर्दै प्राङ्गारिक तथा अर्गानिक खेती कार्यलाई प्रोत्साहन गर्न किसानहरुको लागि कृषि समूह वा सहकारीको सिफारिसमा सामूहिक एकीकृत शत्रुजीव व्यवस्थापन ९क्ष्लतभनचबतभम एभकत ःबलबनझभलत० तालिमको व्यवस्थापन गरी स्वास्थ्य अनुकुल खाद्यान्न उत्पादनमा पहल गरिनेछ । गाउँपालिका भित्र हुने कृषि उत्पादनहरु, तरकारी, फलफूल तथा दूग्ध संकलन केन्द्र, चिस्यान केन्द्र स्थापना गरि उचित मूल्य र्निधारण सहित सहज बजारीकरणको व्यवस्थामा ध्यान दिइनेछ ।
३०. भूमी बैंकको अवधारणालाई कार्यान्वयन गर्न “भरी राखौं भकारी, अन्त्य गरौं भोकमरी” भन्ने नारा अघि सार्दै भोक मुक्त गाउँपालिका बनाउन खाद्य सुरक्षा योजनालाई पूर्णत कार्यान्वयनमा ल्याइनेछ । कुनै पनि जग्गा बाँझो राख्न नदिने रणनीतिका साथ आयात प्रतिस्थापन गरि निर्यातलाई प्राथमिकतामा राखिनेछ । वास्तविक किसानको पहिचान गरी परिचय पत्रको आधारमा समयमै मल, वीउ, फलफूलका विरुवा तथा कृषि औजारहरुको उपलब्धतामा ध्यान दिइ कृषि व्यवसायमा लगानी, उत्पादन र प्रतिफलको आधारमा अनुदान, तथा किसान मैत्री कार्यक्रम र कृषि वीमा कार्यक्रमलाई कार्यान्वयनमा जोड दिइनेछ ।
३१. चालु आ.व.मा कृषकहरुलाई यूरिया मलको अभावले पर्न गएको असरलाई ध्यानमा राखि आगामि आ.व.मा आवश्यक मल भण्डारण गराई सहकारी मार्फत कृषकलाई उपलब्ध गराईनेछ । कृषि उत्पादनलाई समयमा नै बजारीकरण गर्न “कृषकको उत्पादन सरकारको साथ, उपभोक्ताको पैसा कृषकको हात” भन्ने नाराको साथ सहकारीहरुलाई परिचालन गरि सी.एम.डी.पी. परियोजनासँगको समन्वयमा कृषि एम्बुलेन्स संचालनमा ल्याउन पहल गरिनेछ । कुनै पनि विपदको समयमा गाउँपालिकाभित्रका नागरिकको चुल्हो निभ्न नदिन गाउँपालिकाको फूड बैंकलाई उचित व्यवस्थापन र अझ प्रभावकारी तरिकाले निरन्तर संचालनमा राखिनेछ । गाउँपालिका भित्र उत्पादन भै मूल्य तथा बजार नपाएका धान, मकै, गहुँ, कोदो, फापर, आलु जस्ता छिटो नविग्रने खाद्यान्नलाई गाउँपालिकाको फूड बैंक मार्फत भण्डारणको व्यवस्था गरि खाद्यान्नमा आत्म निर्भर गाउँपालिका बनाउन यथोचित प्रबन्ध मिलाइनेछ ।
३२. किसानहरुलाई आत्मनिर्भर बनाउन नगदे बाली तर्फ आकर्षित हुने कार्यक्रम निर्धारण गरिनेछ । किसानहरुलाई आफ्नो पेशा अनुसारको कृषि तथा पशु समूह वा सहकारीमा अनिवार्य आवद्ध गराइ खेतीबाली र पशुपंक्षीमा हुन सक्ने रोग निदान तथा उपचारको आधारभूत ज्ञान र सीप हाँसिल गराइनेछ भने व्यावसायिक कृषि पेशामा जान चाहने व्यक्ति वा फर्मको लागि आवश्यक ज्ञान, सीप र तालिमको व्यवस्था गरिनेछ । हाम्रो गाउँ घरमा उत्पादित विभिन्न घरेलु उत्पादन ( मह, घिउ, गुन्दु्रक, हस्तकलाका सामानहरु) हरु संकलन गरि कोसेली घरको माध्यमबाट विक्री वितरण गरी प्रचार प्रसारको कार्यक्रम संचालन गरिनेछ ।
३३. कृषक अवलोकन भ्रमण तथा आवश्यकतामा आधारित अर्थपूर्ण र व्यवहारिक तालिमको व्यवस्था गरिनेछ । कृषक समूहहरुलाई व्यवस्थित गरि कृषक समूह÷सहकारी मार्फत कृषि सेवा सुविधा र अनुदान उपलब्ध गराइनेछ । लोपोन्मुख बाली तथा स्थानीय बालीलाई संरक्षण गरि उत्पादनमा वृद्धि गराउने नीति लिइनेछ । कृषि क्षेत्रको विकास, विस्तार र स्थायीत्वका लागि आवश्यक सबै कदम अघि बढाइनेछ ।
३४. समान उद्देश्य भएका सहकारीहरुलाई मिलान गरि आवश्यक पूर्वाधार तथा संस्थागत व्यवस्थापन र दक्षताको विकासलाई अघि बढाइनेछ । महिलाहरुको आयस्तर वृद्धिका लागि महिला सहकारीको माध्यमबाट बचत तथा आय आर्जनमा लगानी बढाइनेछ । स्थानीय स्तरमा भएका अनुकरणीय सीपलाई विविधिकरण गर्न महिला–पुरुष बीचको सहअस्तित्वलाई सहकारीको माध्यमबाट अझ प्रभावकारी बनाउन कोसिस गरिनेछ । सहकारीहरुको भौतिक पूर्वाधार, निर्माण र सहकारी व्यवस्थापन तालिमलाई प्राथमिकता दिइनेछ ।
३५. सहकारी मार्फत विविध आयमुलक तालिमको व्यवस्था गरि युवाहरुलाई रोजगारीको अभिवृद्धि गराइनेछ । एक घर एक सहकारी सदस्यको अवधारणालाई कार्यान्वयनमा ध्यान दिइनेछ । वेरोजगार नागरिकको आय आर्जन वृद्धि गरी रोजगार दिलाउन सहकारी मार्फत व्यावसायिक तथा सीप विकास तालिमको आयोजना गरिनेछ । गरीबि निवारण कोष मार्फत संचालन भएका सबै समूहहरुलाई सहकारीमा रुपान्तरण गरी आय आर्जनमा जोड दिने कार्यक्रम ल्याइनेछ ।
३६. गाउँपालिका भित्र संचालनमा रहेका सबै सहकारीहरुलाई नियमन गरी सहकारीहरुलाई आवश्यक जनशक्ति उत्पादन तथा व्यवस्थापनमा उचित ध्यान दिइनेछ । कृषि, पशुपालन र अन्य आय आर्जनमा टेवा दिने गरी कार्यक्रम संचालन गर्ने आम किसानहरुको सहभागितामा संचालित सहकारीहरुलाई पहिलो प्राथमिकता दिइनेछ ।
३७. घरेलु, मझौला तथा साना उद्योग मार्फत रोजगारी सिर्जना गरी आय आर्जनमा टेवा दिने गरी सहकारी वा समुदाय स्तरमा संचालनमा आउने व्यवसायलाई संघ र प्रदेश सरकारसँग समन्वय गरी अनुदानको प्रबन्ध मिलाइनेछ । सहकारीमा आधारित तरकारी, फलफूल तथा अन्य कृषि उपजको संकलन तथा विक्री केन्द्रको स्थापना गरी संचालन गराइनेछ साथै नागरिकहरुको सीप, दक्षता र योग्यताको आधारमा रोजगारीको व्यवस्थामा ध्यान दिइनेछ । गाँउपालिकाभित्रका सम्पूर्ण व्युटि पार्लर संचालक र अन्य युवा समेतलाई पुरुष हेयर कटिङ्ग तालिम सहित शैलुन संचालनमा हाम्रै जनशक्तिको परिचालन गरिने र बैदेशिक श्रम प्रतिस्थापनको नीति लिइनेछ ।
३८. सहारा विहीन नागरिकका लागि जीविकोपार्जनमा विशेष ध्यान दिइनेछ । उद्देश्य अनुरुप गतिविधि सञ्चालन भए नभएको विषयमा सहकारीहरुको अनुगमन तथा नियमन गरिनेछ । सहकारी सदस्यहरुलाई लक्षित गरि नुन देखि सुनसम्मको उपभोग्य वस्तु सहुलियत दरमा सेवा उपलब्ध गराउने उद्देश्य राखी बजार घर संचालन गर्ने सहकारीहरुलाई प्रोत्साहन गरिनेछ । कृषि तथा पशु जन्य उत्पादनलाई वृद्धि गराइ संकलन गरी निर्यात गरेको आधारमा सहकारीहरुलाई अनुदानको व्यवस्था गरिनेछ ।
३९. केन्द्र सरकार र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा पदयात्राका लागि पर्यटन गुरुयोजना मार्फत पहिचान भएका सम्भावित ट्रेकिङ÷हाइकिङ रुटहरुको निर्माण कार्यलाई प्राथमिकता दिइनेछ । जलयात्रा मार्फत पर्यटक आकर्षित गर्न त्रिशुली नदीको बेल्खु देखि मलेखु सम्म ¥याफ्टिङ सञ्चालन कार्यलाई प्रोत्साहित गरिनेछ । मलेखु बजारलाई पर्यटकीय बजारको रुपमा विकास गर्न २४सै घण्टा संचालन गर्न आवश्यक पूर्वाधारको प्रवन्ध मिलाईंदै लगिनेछ ।
४०. आन्तरिक पर्यटन प्रवद्र्धन गराउनको लागि वापचुली डाँडालाई पर्वतीय हिमश्रृङ्खला अवलोकन पार्क तथा महाभारतीय ट्रेकिङ रुटसँग जोड्न यस वर्षबाट कार्य थालनी गरिनेछ । वडा नं. २ र ३ को सिमानामा रहेको तुँदी झरना र वडा नं. ६ को मयुर झरनालाई विकास तथा प्रचार प्रसार गराइनेछ भने दरियाल खोला क्रुज ड्याम निर्माणको सम्भाव्यता अध्ययन गराइ पर्यटकीय गन्तव्य निर्माणको लागि संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ । गाउँपालिकाभित्र रहेका सबै पर्यटकीय स्थलहरुको खोजी गरि तिनको संरक्षण, संवद्र्धन, विकास, प्रचार प्रसार गर्ने कार्यक्रम तथा योजना अगाडि बढाइनेछ । पर्यटन प्रवद्र्धन गर्न होम–स्टे सञ्चालन गर्ने नीति लिइनेछ । त्रिशुली किनारमा पर्यटन प्रवद्र्धनको निम्ति पार्क, रेस्टुरेण्ट लगायतका आवश्यक पूर्वाधार निर्माण गर्न कार्यक्रम तय गरिनेछ । त्रिशुली नदी किनारका उपयुक्त स्थानहरुमा फिसिङ्ग प्वाइन्टको विकास गराइनेछ ।
४१. पुष्पलाल पार्क र रामबहादुर पण्डित स्मृति पार्कको विकास र विस्तारमा आवश्यक रकमको व्यवस्था गरिनेछ । आन्तरिक पर्यटनको विकास तथा विस्तार गर्न कार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु र कर्मचारी समेतलाई आफ्नो गाउँपालिकाको सबै क्षेत्रको अवलोकन भ्रमण गर्न अभिप्रेरित गराउने साथै आम नागरिकमा समेत उत्प्रेरणा जगाउने कार्यक्रम ल्याइनेछ ।
४२. कोरोना भाइरस (कोभिड–१९) का कारण सिथिल बनेको शिक्षा क्षेत्रलाई उकास्ने गरी कार्यक्रम अघि बढाइनेछ । शैक्षिक गुणस्तरलाई वृद्धि गर्न शैक्षिक संस्थाहरुको आवश्यक सबै पक्षको विकास र व्यवस्थापनमा जोड दिइनेछ । बन्दाबन्दी कै बीचमा पनि पठन पाठनबाट बालबालिकाहरुलाई टाढा नरहने गरी कार्यक्रमको व्यवस्था गरिनेछ । त्यसका लागि राष्ट्रको कर्णधार बालबालिकाहरुमा पर्न गएको सिकाई तथा मनोवैज्ञानिक असरलाई मध्यनजर गर्दै वैकल्पिक सिकाई सहजिकरण मनोपरामर्श र विद्यालय सेनिटाइज कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ । विद्यालयको भौतिक संरचना भन्दा पनि शैक्षिक सामाग्रीको प्रयाप्तता र आवश्यकता परिपूर्ति हुने गरी शिक्षक दरबन्दी पूर्ण गराउन पहल गरिनेछ ।
४३. गजुरी गाउँपालिकाको शैक्षिक प्रतिकको रुपमा रहेको आदर्श बहुमुखी क्याम्पसलाई थप व्यवस्थित गराइ दक्ष जनशक्ति उत्पादनको मुख्य थलोको रुपमा विकास गर्न आवश्यक सबै कदम अघि बढाइ आदर्श बहुमुखी क्याम्पस गजुरीमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने नियमित तर्फका गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरु मध्ये ४ जनालाई छात्रवृत्तिको व्यवस्था मिलाइनेछ । आफ्नो अध्ययनको अवधि पश्चात कम्तिमा दुई वर्ष न्यूनतम पारिश्रमिकमा गाउँपालिकाभित्र सेवा गर्ने शर्तमा दुई जना विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्न गाउँपालिकाले लगानी गर्नेछ ।
४४. बागमती प्रदेश सरकारसँगको समन्वय र सहयोगमा सबै माद्यमिक विद्यालयहरुमा एक विद्यालय एक नर्सको व्यवस्थालाई थप गर्दै विद्यालय उमेर समूहका किशोरीहरुमा हुने समस्या समाधान तथा विद्यार्थीहरुको पोषण र सरसफाइमा टेवा पु¥याइनेछ । विद्यार्थी संख्या भएका तर टाढाबाट आउने जाने गर्नु पर्ने बाध्यता भएका विद्यालयका विद्यार्थीहरुका लागि होस्टलको व्यवस्था गर्दै लगिनेछ ।
४५. विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकाहरुलाई यसै शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान २०७८ सँगै विद्यालयमा भर्ना गराइ आधारभूत शिक्षा सबैको पहुँचमा रहेको सुनिश्चितता गराइनेछ । सामुदायिक विद्यालयप्रति जन विश्वास जगाउने कार्यक्रम अघि बढाउँदै गाउँपालिकाबाट दिइने अनुदान तथा विशेष अन्य सेवा प्राप्तिका लागि सम्बन्धित व्यक्तिले निजको नजिकमा रहेको सामुदायिक विद्यालयको सिफारिस अनिवार्य ल्याउनु पर्ने व्यवस्था गराइनेछ ।
४६. विद्यालयमा हाल रहेको कक्षागत, विषयगत, तहगत सिकाइ र समग्र विद्यालयको सिकाई उपलबिधलाई कम्तिमा पनि वार्षिक ५ प्रतिशतका दरले वृद्धि गर्ने गरी सिकाइ उपलबधी सुधार योजना तयार गरी कार्यान्वयन गर्ने र प्रत्येक कक्षाका विद्यार्थीहरुलाई उनीहरुको सिकाइ उपलब्धी प्राप्तिको लक्ष्य निर्धारण गर्न लगाई प्रतिवद्धता पूरा गर्नको लागि सक्रिय सिकाइमा जोड दिइनेछ । बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभा र क्षमता प्रस्फुटन गराउन उनीहरुमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट खेलकुद तथा अन्य रचनात्मक अतिरिक्त क्रियाकलापहरुको आयोजना गराइ उत्साहित बनाइनेछ ।
४७. बालबालिकाहरुको पहिलो पाठशाला घर र पहिलो शिक्षक अभिभावक नै हो भन्ने तथ्यलाई सावित गर्न अभिभावक, विद्यार्थी, शिक्षक, व्यवस्थापक र विद्यालय प्रशासन बीच समय समयमा विद्यार्थीहरुको सिकाइ उपलब्धी, गुणस्तर तथा समग्र विद्यालयको प्रगति र समस्याका बारेमा अन्तरक्रिया, छलफल, समन्वय, सहयोग र सहकार्यमा जोड दिन “गाउँ गाउँमा अभिभावक शिक्षा, घर घरमा समिक्षा” कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
४८. विद्यार्थी संख्या, भौगोलिक दूरी, समुदायको चासो र संरक्षण तथा राज्यलाई पर्ने व्ययभार र आवश्यकताको आधारलाई समेत अध्ययन गरी विद्यालयको कक्षा थप–घट, मिलान वा स्थापनामा जोड दिइनेछ । सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापकहरुसँग कार्य सम्पादन सम्झौता गराइ कार्य अघि बढाइनेछ । विद्यालयको भौतिक, आर्थिक, प्रशासनिक तथा शैक्षिक गुणस्तर आदि पक्षको सुधारका लागि विद्यालयहरुले तयार गरी पेश गरेको विद्यालय सुधार योजनाको अध्ययन गरी विद्यालयहरुको समग्र शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गरिनेछ साथै विद्यालयहरुमा भएको लेखापरीक्षण प्रतिवेदनको अध्ययन गरी वित्तीय अनुशासन कायम गरिनेछ ।
४९. कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको आ–आफ्नो रुचि अनुसार कृषि, पशुपालन वा अन्य प्राविधिक ज्ञान हाँसिल गराउन सहयोग पुग्ने थप एक पाठ्य विषयको थप गरी पठन पाठनको थालनी गराइनेछ । स्थानीय पाठ्यक्रम निर्माण गरी शैक्षिक सत्र २०७८ देखि कक्षा १ र २ मा लागू गराइ क्रमशः कक्षा ८ सम्म कार्यान्वयन गराइनेछ । आधारभूत खानपान र पोशाक तथा अन्य कारणले पढाइमा पछि परेका विद्यार्थीको पहिचान गरि विपन्न विद्यार्थी कल्याणकारी कोष मार्फत पढाइमा सहयोग अभिवृद्धि गरिनेछ । विद्यालयहरुमा विद्यार्थी र शिक्षकको अनुपस्थितिको दर घटाउन आवश्यक कार्यक्रम बनाइ लागू गरिनेछ ।
५०. सामुदायिक विद्यालयको संस्थागत सुधार गरि विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या मिलान तथा विद्यालय अदल बदलको नीति लिइनेछ । बाल विकास केन्द्रहरुलाई अझ बढी व्यवस्थित र गुणस्तरीय बनाई शिक्षाको जगलाई मजबुत बनाउन कार्यक्रम संचालनमा ल्याइनेछ । विद्यालय खाजा कार्यक्रमको आश्यकता अनुसार अनुगमन तथा निरीक्षण गरि स्वस्थ र पोषणयुक्त खाजाको व्यवस्थापनमा जोड दिइनेछ । आमा बाबु दुबै जना नभएको बालबालिकालाई माध्यमिक तह सम्म निशुल्क आवासिय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
५१. विद्यालयहरुमा जडान भएका विद्युतीय हाजिरी प्रणालीको प्रभावकारितामा ध्यान राख्दै बाँकि सबै विद्यालयहरुमा प्रक्रिया र पूर्वाधार पूरा गरि थप गरिनेछ । सबै विद्यालयहरुमा स्वच्छ खानेपानी र छात्र छात्राहरुको लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था मिलाइनेछ । भौतिक पूर्वाधार कमजोर तथा अभाव भएका विद्यालयहरुलाई आधुनिक पूर्वाधार निर्माणमा जोड दिइनेछ । सबै विद्यालयहरुमा बाल खेल मैदान र बगैंचाको विकासमा ध्यान दिइनेछ । हरियाली विद्यालयको अवधारणालाई यथावत राखिनेछ ।
५२. सिकाइ उपलब्धिका आधारमा विद्यालयहरुलाई अनुदानको व्यवस्था गरिनेछ । बालमैत्री तथा फरक क्षमता भएका विद्यार्थीका लागि कक्षा व्यवस्थापन तथा पूर्वाधार निर्माणमा ध्यान दिइनेछ । शिक्षकहरुको क्षमता विकासको लागि विषयगत तालिमको व्यवस्था गरिनेछ । पुस्तकालयको व्यवस्था हुन बाँकी गाउँपालिका भित्रका सबै विद्यालयहरुमा पुस्तकालयको व्यवस्था सहित स्तरोन्नती गरिंदै लगिनेछ । नमुना विद्यालयको अवधारणा विकास गरी सामुदायिक विद्यालयको पठन पाठनमा समुदायको विश्वास र आस्था जागृत गर्ने नीति निरन्तर रहनेछ । आवश्यकता र औचित्यको आधारमा माध्यमिक विद्यालयहरुलाई कक्षा ११–१२ संचालनको व्यवस्थामा ध्यान दिइनेछ । प्राविधिक शिक्षालयको पठन पाठनलाई स्थानीय सीप, प्रविधि र रोजगारीसँग जोडी बेरोजगारी हल गर्न पहल गरिनेछ ।
५३. निजी तथा सामुदायिक विद्यालयको भौतिक, शैक्षिक, पाठ्यक्रम तथा गुणस्तरमा एकरुपता कायम गर्न सोहि अनुसार शिक्षा ऐनको व्यवस्था गरिनेछ । आधारभूत तहदेखि नै सबै विद्यार्थीहरुको लागि कम्प्यूटर शिक्षाको सुनिश्चिततामा ध्यान दिइनेछ । विद्यालयहरुलाई सूचना प्रविधियुक्त बनाउन कार्य अघि बढाईनेछ । विविध कारणले विद्यार्थी संख्यामा कमी आइ तथा अन्य कारणबाट संचालनमा समस्या भएका विद्यालयहरुको स्तर सुधारका लागि विशेष कार्यक्रम बनाइनेछ । विद्यालय तथा विद्यार्थीहरुको वैयत्तिक विवरण राख्न र नतिजा प्रकाशनको लागि सफ्टवेयर व्यवस्थापनमा ध्यान दिइनेछ ।
५४. दलित, चेपाङ र विपन्न समुदायका महिला तथा बालबालिकाहरुलाई लक्षित गरि विगत देखि नै शुरु गरिएको पोषण कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ सञ्चालन गरिनेछ । गत आर्थिक वर्षबाट संचालनमा आएका पाँच वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुलाई थप पूर्वाधार र उपकरण तथा दक्ष जनशक्तियुक्त बनाइ नागरिकलाई सेवा प्रवाह दिइनेछ साथै वर्थिङ सेन्टरको सुविधा समेत विस्तार गर्दै लगिनेछ । किराञ्चोक तथा पिंडा स्वास्थ्य चौकीबाट ल्याब सेवा शुरु गराइनेछ साथै अन्य आवश्यकीय उपकरण तथा औजारहरुको पनि प्रयाप्त उपलबधता गराइनेछ ।
५५. राज्यको तर्फबाट निःशुल्क प्रदान गर्ने भनी किटान भएका सबै औषधीहरु प्रयाप्त मात्रामा उपलब्ध गराइनेछ । स्वास्थ्य संस्थाहरुबाट निस्कने हानिकारक फोहोरहरुको उचित व्यवस्थापन गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । सबै वडाका स्वास्थ्य संस्थाहरुबाट वर्थिङ सेन्टरको सेवा शुरु गर्न आवश्यक व्यवस्था गरी गर्भवती महिलाहरुको सुरक्षित प्रसुती सेवा सम्बन्धी अधिकारको प्रत्याभूति दिलाइ “घरमा शुन्य प्रसुती” कार्यक्रमलाई साविकका तीन वटै स्वास्थ्य संस्थाहरुबाट अझ धेरै प्रभावकारी रुपमा सेवा विस्तार गर्दै लगिनेछ ।
५६. आमा र बच्चाको मृत्युदर न्यून गर्न घरमा शून्य सुत्केरी Zero Home Delivery कार्यक्रमलाई निरन्तरता दिंदै गर्भवती महिलाहरुलाई प्रदान गर्दै आएको दोहोरो एम्बुलेन्स सेवालाई कायम राखिनेछ साथै यस कार्यक्रम अन्तर्गतको पूर्व सुत्केरी प्रतिक्षा घरको निर्माण Maternity Waiting Home यस आर्थिक बर्ष भित्र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको गजुरी स्थित २ रोपनी जग्गामा निर्माण गरिनेछ ।
५७. मोबाइल स्वास्थ्य सेवालाई गुणस्तरीय बनाइ प्रभावकारी कार्यान्वयनका साथ निरन्तरता दिइनेछ । सबै स्वास्थ्य संस्थाहरुमा चौविसै घण्टा विद्युत तथा प्रयाप्त मात्रामा खानेपानीको व्यवस्था मिलाइनेछ । गाउँपालिकाको सहयोगमा संचालनमा ल्याइएको एम्बुलेन्स सेवालाई निरन्तरता दिंदै गर्भवती महिलाहरु तथा विपन्न वर्गका विरामीहरुका लागि दिइएको निःशुल्क सेवालाई यस वर्ष पनि प्रदान गरिनेछ । गजुरी गाँँउपालिकाका कुनै पनि विरामी नागरिकहरुले रगत नपाएका कारण ज्यान गुमाउन नपरोस भन्नका लागि रेडक्रस धादिङसँग समन्वय गरेर निःशुल्क रगतको व्यवस्था गर्ने विशेष कार्यक्रम संचालनमा ल्याइनेछ । प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा संचालनमा ल्याइएको शव व्यवस्थापनको आवश्यक पूर्वाधार तथा उपकरणको व्यवस्थापनलाई थप व्यवस्थित गराइनेछ । शव वाहनको व्यवस्थामा ध्यान पु¥याइनेछ ।
५८. महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई कार्य प्रगतिका आधारमा क्षमता अभिवृद्धि तालिम तथा अन्य सेवा सुविधामा जोड दिइनेछ । स्वास्थ्य वीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ हरेक नागरिकको पहुँचमा पु¥याउन जोड दिइ आर्थिक रुपमा विपन्न, जेष्ठ नागरिक, अपाङ्गता भएका र महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई निःशुल्क स्वास्थ्य वीमा गराउने तथा उल्लेखित नागरिकहरुलाई गाउँपालिका मातहतका स्वास्थ्य संस्थाबाट पाइने सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
५९. स्वास्थ्य संस्थालाई प्रविधियुक्त बनाउन विगतबाट संचालनमा आएको अभिलेख र प्रतिवेदन कार्यका लागि अनलाइन रिपोर्टिङ् सेवा प्रयोगलाइ यस वर्ष थप प्रभावकारी ढंगले संचालन गरिनेछ । नसर्ने रोगहरुको महामारीलाई मध्यनजर गर्दै दिर्घरोगको रोकथाम एवं नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याइनेछ साथै स्वस्थकर जीवनशैलीका लागि कार्यक्रमहरु संचालन गरिनेछ । गाउँपालिका भित्रको सबै नागरिकहरुको स्वास्थ्य अवस्थाको विवरण संकलन गरी अद्यावधी गराइ राख्ने व्यवस्था मिलाइ असहज परिस्थितिमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहजता प्रदान गराइनेछ । नसर्ने रोगको महामारीका कारण हरेक घरमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर जस्ता दिर्घ रोगका विरामीहरुको संख्या असामान्य रुपमा बढ्दै गएकाले स्वस्थ गजुरी अभियान कार्यक्रम संचालनमा ल्याइनेछ ।
६०. संघ तथा प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा गजुरी गाउँपालिका भित्र १५ शैयासम्मको अस्पताल निर्माण गरी २५ शैयाको बनाउने पहल गरिनेछ भने प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको भौतिक, प्राविधिक, जनशक्ति आदिको विकास र विस्तारमा प्राथमिकता दिइ ल्याव र एक्स–रे सेवालाई थप विस्तार गराइनेछ । प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको भवन निर्माण गर्न मापदण्ड अनुसारको जग्गा अभाव भएको र जग्गा खरिदको नीति नभएकोले स्थानीय स्तरमा जग्गा प्राप्ति हुन सकेमा सोहि स्थानमा र नभएमा जग्गा प्राप्ति गरी उपयुक्त स्थानमा भवन निर्माण कार्यको थालनी गरिनेछ । राजमार्ग ट्रमा सेन्टरको स्थापना तथा संचालनमा पहल गरिनेछ । गजुरी आयुर्वेद औषधालयको सेवा विस्तार गरी ग्रामिण भेगसम्मका नागरिकको पहुँचमा आयुर्वेद सेवालाई पु¥याइनेछ । हरेक वडामा योग शिविरको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा विस्तार गर्दै लगिनेछ । आधुनिक स्वास्थ्य सेवाका साथमा आयुर्वेद र अन्य वैकल्पिक स्वास्थ्य सेवा तथा प्राचिन काल देखि प्रयोग गरिंदै आएको स्वास्थ्य बद्र्धक जडीबुटीहरुको संरक्षण, विकास र प्रयोगमा वृद्धि गराइनेछ ।
६१. विद्यालयका बालबालिकाहरुको नियमित स्वास्थ्य परीक्षण सहित संघ सरकारको विद्यालय छात्रा स्यानिटरी प्याड वितरण कार्यक्रमसगैँ सबै माध्यमिक विद्यालयहरुमा भेन्डिङ मेसिन र स्यानिटरी प्याड डिस्पोजल मेसिनको व्यवस्था मिलाइ अझ प्रभावकारी बनाइ महिनावारी स्वच्छता कार्यक्रम संचालन गरिनेछ ।
६२. “स्वास्थ्य संस्थामा सरकार प्रमुख कार्यक्रम” को माध्यमबाट आवश्यकता अनुरुप गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा सहितको शिविर संचालनमा ल्याइनेछ । “महिलाहरुसँग उपाध्यक्ष कार्यक्रम” को माध्यमबाट पाठेघर समबन्धी रोगको शिविर साथै आवश्यक विरामीहरुका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ । “जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम” संचालनमा ल्याइनेछ जसको माध्यमबाट बालमैत्री स्थानीय शासनको घोषणाका साथै दिगोपनाका लागि योगदान पु¥याइनेछ । मासिक रुपमा होटल, औषधी पसल, अस्पताल, उद्योग, कल कारखानाहरुको अनुगमन गरी जनस्वास्थ्य प्रवद्र्धन कार्यलाई जोड दिइनेछ ।
६३. कोरोना भाइरस (कोभिड–१९) का कारण आम नागरिकमा स्वास्थ्यप्रति नकारात्मक सोच पैदा भएकोले त्यसको निराकरणको लागि जनस्वास्थ्यमा प्रत्यक्ष सेवा पुग्ने कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाइनेछ । कुनै पनि महामारी जन्य रोगहरुबाट हुन सक्ने संक्रमणलाई न्यूनीकरण गर्न छुट्टै उपचार केन्द्र स्थापनामा पहल कदमी गरिनेछ । औषधी तथा अन्य महामारी र प्रकोप जन्य रोगहरुको खोप तथा भ्याक्सिनहरुको स्टोरका लागि आवश्यक उपकरण र पूर्वाधारको उचित व्यवस्था गरिनेछ । स्वास्थ्य चौकीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरु, औजार तथा उपकरण र जनशक्तिको व्यवस्था गर्न आवश्यक कार्य थालनी गरिनेछ ।
६४. हरेक नागरिकलाई सबै खाले रोगहरुबाट बच्ने उपायका बारेमा सचेत गराउन हरेक टोल टोलमा सामुदायिक स्वास्थ्य, पोषण र सरसफाइ समितिको गठन गराइ स्वास्थ्य सम्बन्धी सजगता समुदाय स्तरमै चलाइने व्यवस्था गरिनेछ । कोभिड–१९ जस्ता महामारी जन्य रोगहरुको संक्रमणबाट संक्रमितहरुलाई छुट्टै राखी उपचार गर्न हरेक वडामा १÷१ वटा रोग निदान तथा उपचार केन्द्र निर्माणमा पहल गरिनेछ ।
६५. स्वास्थ्य विपद कोषको स्थापना गरी महामारी तथा अन्य प्रकोप जन्य रोगहरुबाट नागरिकको जनस्वास्थ्य सेवालाई छिटो र भरपर्दो बनाइनेछ ।कोरोना भाइरस संक्रमण लगायत अन्य संक्रमण जन्य अन्य महामारीका समयमा अग्रपंक्तिमा खटेर कार्य गर्ने कर्मचारीहरुलाई सम्मान स्वरुप मनोबल उच्च बनाउन प्रोत्साहन भत्ताको व्यवस्था गराइनेछ । स्वास्थ्य क्षेत्रमा गरिदैं आएका तथा भैरहेका निरन्तर गर्नु पर्ने अन्य कार्यक्रमहरुलाई यथावत राखिनेछ ।आम नागरिकलाई आ–आफ्नो स्वास्थ्यप्रति सदा सजग गराउने कार्यक्रम संचालनमा ल्याइनेछ ।
६६. किटजन्य रोग नियन्त्रण गरिनेछ । पालिका स्तरीय प्रगति समिक्षाको आधारमा स्वास्थ्य कर्मीहरु र महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान र पुरस्कारको व्यवस्था गरिनेछ । विद्यालयहरुमा बालबालिकाहरुको नियमित स्वास्थ्य परीक्षणलाई नियमित विद्यालय स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ । हरेक विद्यालयहरुमा प्राथमिक उपचारको लागि तालिम र उपचार सामाग्रीहरु प्रयाप्त व्यवस्था मिलाइनेछ ।
६७. आँखा स्वास्थ्यलाई मध्येनजर गरी गत वर्ष देखि सेवा संचालन भएको ग्रामिण आँखा केन्द्र गजुरीलाई यस वर्षबाट थप व्यवस्थापन सहित प्रभावकारी रुपमा विस्तार गरिनेछ । स्वस्थ बच्चा कार्यक्रमलाई यथावत राखिनेछ । मानसकि स्वास्थ्य कार्यक्रम आयोजना गरी स्वास्थ्य कर्मी एवं जनप्रतिनिधिहरुलाई मनोपरामर्श तालिम र मानसिक रोगको अत्यावश्यकीय औषधीको व्यवस्थामा ध्यान पु¥याइनेछ । खोप केन्द्रहरुलाई व्यवस्थित बनाउने र सरसफाइ प्रवद्र्धनका लागि आवश्यक रकमको व्यवस्था गरिनेछ ।
६८. साझेदारीमा संचालन गर्न सम्झौता भै कार्य अघि बढाइएका सबै खानेपानी योजनाहरुलाई निरन्तरता दिइनेछ । एक घर एक धाराको कार्यक्रमलाई थप व्यवस्थित गरी शौचालय करेसाबारी, फुलबारीको नीति लिइ प्रभावकारी रुपमा कार्यान्वयन गराईंदै लगिनेछ । खानेपानी तथा सरसफाइ स्वच्छता गुरु योजना अनुसार सबै टोल वस्तीहरुमा खानेपानी र सरसफाइ स्वच्छताको कार्यक्रम संचालन गराइनेछ । पानीका सबै मुहान तथा श्रोतहरुको संरक्षण तथा संवद्र्धनमा ध्यान दिइनेछ । खानेपानीलाई पहिलो प्राथमिकतामा राखि पानीका सबै श्रोतहरुलाई सार्वजनिक तथा सामुदायिक बनाइनेछ ।खानेपानीको मुहान अभाव भएका टोल वस्तीहरुमा डिपवोरिङ वा लिफ्ट प्रविधिबाट भए पनि खानेपानी उपलब्ध गराइनेछ । सबै खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई गाउँपालिकामा वार्षिक नविकरण गरी अद्यावधी गराइ नियमन गरिनेछ ।
६९. “मेरो घर आँगन मै सफा राख्छु” कार्यक्रमलाई निरन्तरता दिई गठन भएका सबै टोल सुधार समितिहरुलाई अद्यावधि गराइ बजार, टोल, बस्ती, गाउँघर सफाइ अभियानलाई तिव्रता दिइनेछ । पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माण गर्न आवश्यक सबै पक्षको विकास गरी यसै आर्थिक वर्षमा थप कार्य अघि बढाइनेछ । फोहोर व्यवस्थापन कार्यलाई सफल बनाउन “फोहोरमा नै छ मोहोर” भन्ने नाराका साथ सार्वजनिक तथा निजी साझेदारी कार्यक्रम मार्फत फोहोर व्यवस्थापन कार्यक्रमको तय गर्न यसै वर्षबाट आवश्यक रकम सहितको उचित कार्यको थालनी गरिनेछ ।
७०. रोजगारी सिर्जना गर्ने, स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गरी स्थानीय जनशक्तिको उच्चतम उपयोग गर्ने योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइ गरीबी न्यूनिकरण एवं समावेशी विकासबाट लैङ्गीक सामाजिक विभेद कम गर्दै जाने नीति यस वर्ष पनि निरन्तर रहनेछ । महिला बालबालिका तथा अन्य लक्षित वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने खालका आयोजनाहरूलाई प्राथमिकतामा राखी पूर्ण कार्यान्वयनमा जोड दिइनेछ । विकास आयोजनाको सञ्चालनमा महिला र अन्य लक्षित वर्गलाई अनिवार्य रुपमा अर्थपूर्ण सहभागिता गराउने नीतिलाई थप नतिजामुखी बनाइनेछ । जनयुद्ध, जन आन्दोलनका सहिद, बेपत्ता र घाइते परिवारलाई आयआर्जनका कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।
७१. १६ बर्ष देखि २४ बर्ष उमेर समूहका युवाहरु बिचमा नमूना युवा संसद अभ्यासको कार्यक्रम बनाइनेछ । कोरोना भाइरसको कारण गाउँ फर्केका युवा गाउँमै टिकाउनको लागि नेपाल भिजन, २०४० ले सम्पतीको रुपमा निर्दिष्ट गरेको हामीसँग भएको अस्ठ “ज” –जल, जमिन, जडिबुटि, जनशक्ति, जराजुरी, जंगल, जनावर र जलबायु)को अधिकतम प्रयोग गरि युवालाई परिचालन गरि युवाको आय आर्जन बृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ । युवा उद्यमीहरुलाई व्यवसायमा थप प्रोत्साहन गर्न कम्तीमा १ जना अन्यलाई रोजगारी प्रदान गर्न सक्ने ५० प्रतिशत महिला सहित ६० जना युवालाई रु ५ लाख सम्मको व्यवसाय ऋणमा व्याज सहुलियतको पहल गरिनेछ । त्रैमासिक रुपमा युवा प्रतिभा पहिचान युथ ट्यालेन्ट हन्ट ९थ्यगतज त्बभिलत ज्गलत० कार्यक्रम संचालन गरिनेछ । गाँउपालिका भरिका युवाहरुको पेसा, व्यवसाय, योग्यता र बसोबास गर्ने स्थान लगायतको तथ्यांक अध्यावधि गरि युवालाई गाउँ फर्काउने अभियानको लागि विशेष कार्यक्रम बनाईनेछ ।
७२. समुदायमा बनेका आमा समूह, महिला समूह लगायका समुदायिक भवनहरुमा सामूदायिक शिशु स्याहार केन्द्र संचालनमा जोड गरिनेछ । महिला हिंसामा शून्य सहनशीलताको नीतिलाई निरन्तर प्राथमिकतामा राखिनेछ । हिंसा पीडितलाई सुरक्षित उद्दार गर्ने र संरक्षणको लागि पुनःस्थापना केन्द्र तथा लैङ्गीक हिंसा पीडित कोषको स्थापना गरि आय आर्जनमा जोड दिने नीतिलाई प्राथमिकता दिइनेछ । सहारा विहीन तथा लैङ्गीक हिंसा पीडितलाई जीविकोपार्जन गर्न सहयोग गर्ने नीतिलाई प्रभावकारी बनाइ आवश्यक कार्यक्रम सहित अघि बढाइनेछ । प्रत्येक वडामा कम्तिमा १ जनाको दरले मनोसामाजिक परामर्शदाता उत्पादन गरि समाजमा बढ्दै गएको आत्म हत्या, डिपे्रसन लगायतका घटनाहरु कम गर्न मानिसहरुमा मनोवैज्ञानिक रुपमा परेको असर प्रति परामर्श गराइनेछ । वडामा स्थापना गरिएको मेलमिलाप केन्द्रलाई थप व्यवस्थित गर्दै यसै बर्ष प्रत्येक मेलमिलाप केन्द्रमा थप ३ जनाको दरले सामुदायिक मेलमिलाप कर्ता उत्पादन गरिनेछ ।
७३. महिला लक्षित सबै कार्यक्रमहरुलाई कार्य विधिको आधारमा लक्षित वर्ग मै पु¥याउने व्यवस्था गरि महिलाहरुलाई स्वावलम्बी बनाउन आवश्यक कार्यक्रमको व्यवस्था मिलाइनेछ । महिलाहरुमा भएका अन्तरनिहित सीप र दक्षतालाई अभिबृद्धि गर्न घरेलु उद्यमशीलतामा पहल गरिनेछ । वडा स्तरमा गर्नु पर्ने बाँकि कार्य प्रक्रिया पूरा गरी यस आर्थिक वर्ष भित्र बालमैत्री स्थानीय शासनको घोषणा गरी कार्यान्वयनमा ल्याइनेछ । बालबालिकाको क्षेत्रमा गर्नु पर्ने सबै कार्यहरु जिम्मेवारी पूर्वक कार्यान्वयन गरिनेछ ।
७४. सामुदायिक बाल केन्द्रित कार्यक्रमलाई साझेदारी मार्फत गाउँपालिका भरी संचालन गरिनेछ । शारीरिक अपाङ्गता भएका तथा फरक क्षमता भएका सबै नागरिकको आत्म सम्मानका साथ उनीहरुको क्षमता र दक्षताको आधारमा जीविकोपार्जन गराइ आत्मनिर्भर बनाइनेछ । जेष्ठ नागरिकहरुको सम्मान गरी पारिवारिक माया र स्नेहमा बाँच्न अभिप्रेरित गरिनेछ । बालाबालिका, अपाङ्गता भएका र जेष्ठ नागरिकहरुको मनोरञ्जनका लागि पार्कको निर्माण गरिनेछ । किशोर किशोरीहरुलाई एकान्त र एकाग्रताबाट रुपान्तरण गरी पारिवारिक रमझम तथा सामाजिक मूल्य मान्यतामा रमाइ सामाजिक जीवन यापन गर्न सिकाउन आवश्यक कार्यक्रमको व्यवस्था गरिनेछ ।जेष्ठ नागरिकहरु इतिहासका पाना भएकोले जेष्ठ नागरिक र बालबालिकाहरु बीच समय समयमा अन्तरक्रिया र अनुभव सुनुवाइको कार्यक्रम ल्याइनेछ ।
७५. दलित, लोपोन्मुख, सिमान्तकृत आदि वर्गको समग्र आर्थिक उन्नतिको लागि परम्परागत सीप र ज्ञानलाई समयसापेक्ष व्यावसायिकीरण गरि शून्य विभेदको नीति अवलम्वन गरिनेछ । अपाङ्गता भएका वा फरक क्षमता भएका व्यक्तिहरूको लागि सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै उनीहरुको आत्म सम्मानका साथ समुदायमा आधारित पुनःस्थापना गर्ने कार्यक्रमलाई विशेष जोड दिइनेछ ।
७६. समावेशी नीति, कार्यक्रम तथा बजेटको व्यवस्थापन र कार्यान्वयन गरि समावेशी अनुगमन र मुल्यांकन प्रणालीलाई अवलम्बन गरिनेछ । समावेशी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन तथा नियमको सम्वन्धित पालिकाले अवलम्वन गरी स्वास्थ्य आपत्कालिन तथा अन्य विपद्जन्य व्यवस्थापन सम्वन्धि योजना÷कार्यक्रममा एकल महिला, दलित, गर्भवति महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक आदि जस्ता वर्ग तथा समुदायको थप जोखिमको न्युनीकरण र सम्वोधन गर्ने व्यवस्था गरिनेछ ।
७७. संकटाभिमुख वर्गलाई कृषि, गैह्र कृषि र व्यवसायीकीकरणसँग सम्बन्धित आर्थिक क्रियाकलापमा सहयोग गरी उनीहरुको जीविकोपार्जनमा सहयोग पु¥याइ भुकम्प तथा कोभिड–१९ बाट असर पारेको आर्थिक अवस्थामा सुधार ल्याईनेछ । अपांगता भएका व्यक्ति तथा समुदायलाई आवश्यक सहयोग पु¥याउने हेतुले एक छुट्टै अपांगता सहयोग कोषको स्थापना गरी आवश्यक कार्यविधि निर्माणका साथ कार्यान्वयनमा ल्याइनेछ ।
७८. जोखिममा रहेका वर्गहरुको नियमित रुपमा आर्थिक, सामाजिक तथ्यांक संकलन गर्ने र सोहि तथ्यको आधारमा वार्षिक नीति, योजना, कार्यक्रम र बजेट विनियोजन गर्नका लागि “जोखिममा रहेका वर्गहरुको तथ्यांक संकलन र अध्यावधिक कार्यविधि” निर्माण गरि कार्यान्वयनमा ल्याईनेछ । अपांगता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र, एकल महिला परिचय पत्र वितरण गरी उनिहरुको मौलिक हक र अधिकारलाई संरक्षण र सम्बद्र्धन गरिनेछ ।
७९. अपांगता भएका व्यक्तिहरुको जीवनयापनलाई सहज बनाउन उनीहरुलाई आवश्यक पर्ने सहायता सामाग्रीको व्यवस्थापनमा विभिन्न सहयोगी व्यक्ति तथा संघ संस्थाहरुसँग सहकार्य तथा सहलगानी गरिने छ । गरिबसँग विश्वेश्वर, प्रधानमन्त्री रोजगार कार्यक्रम, आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रमहरुमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गर्दा कोभिड–१९ बाट रोजगारी गुमेका र ज्याला मजदुरी गरि जीवन निर्वाह गरिरहेका आर्थिक रुपमा अति विपन्न तथा संकटासन्न घर परिवारलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गरिनेछ ।
८०. महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको कोभिड–१९ र अपांगता सम्बन्धी मार्गदर्शन,२०७७ र कोभिड–१९ सम्बन्धी कार्य योजना २०७७, कोभिड १९ सम्बन्धी अन्य मार्गर्शनहरुलाई कार्यान्वयन गरि अति प्रभावित र जोखिममा रहेका व्यक्ति तथा वर्गको स्वास्थ्य, मनोसामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याउन विभिन्न साझेदार संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने नीति अवलम्वन गरिनेछ ।
८१. महिला अर्थिक शसक्तिकरणमा जोड दिदै महिला उद्यमीहरुको समस्या पहिचान गरी आवश्यकतामा आधारित कार्यक्रमहरु सञ्चालन गरीनेछ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरी गाउँपालिकाको संस्थागत परीक्षण मार्फत सुधारको लागि आवश्यक कार्यक्रम कार्यान्व्यन गर्ने नीति अवलम्बन गरिनेछ । महिला तथा एकल महिलाहरुलाई लक्षित गरि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै तालिम पश्चात व्यवसाय सञ्चालन गर्ने कार्यमा साझेदार संस्थाहरुसँगको समन्वयलाई निरन्तरता दिईनेछ ।
८२. भौतिक विकास निर्माणका कार्यहरुमा अपाङ्गता मैत्रि समावेशी विकासलाई प्राथमिकता दिने नीति लिईनेछ । भुकम्प पश्चातको सुरक्षित घर पुर्ननिर्माण गर्न बाँकी रहेका संकटासन्न घर परिवारको लगत तयार पारी रााष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मान्यता अनुसार, विकास साझेदार संस्थासंग समन्वय र सहकार्य गरी शत प्रतिशत घर निर्माण कार्य सम्पन्न गरिनेछ । प्रदेश कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कुल पूँजी ५ लाख सम्म भएका सबै किसिमका व्यवसायहरुको दर्ता तथा नविकरण प्रक्रियालाई पूर्णता प्रदान गरिनेछ ।
८३. निजी क्षेत्रको विकास गर्नका लागि आवश्यक कार्य सम्पादनको लागि अलग्गै उद्योग वाणिज्य शाखा संचालन गर्ने र यसका लागि आवश्यक कर्मचारीको व्यवस्थापन गरी व्यवसाय सहायता कक्ष मार्फत उद्योगी व्यवसायीहरुलाई सहजीकरण गरिनेछ । कोरोना भाइरसको कारण थलिएको व्यवसायको विकासको लागि संघ तथा प्रदेश सरकारले तोके बमोजिम सहुलियत कर्जा प्रवाह स्थानीय तहमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था मार्फत भए नभएको सुनिश्चितता गरी उद्योगी व्यवसायीहरुलाई सबै किसिमका ऋण पहुँचका लागि सहजिकरण गरीनेछ ।
८४. उद्योगी व्यवसायिहरुको क्षमता विकासका लागि आवश्यकतामा आधारित व्यवस्थापकीय तथा प्राविधिक सीप विकास गरी व्यवसाय व्यवस्थापन उद्यमशिलता विकास व्यावसायिक योजना निर्माण, बजारीकरण, लेखा व्यवस्थापन जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ । नविनतम प्रविधि अपनाई व्यवसाय विकास गर्न चाहने उद्यमी व्यवसायीहरुलाई आवश्यकता अनुसारको प्राविधिक तथा व्यवसायीक सीप विकासका कार्यक्रमहरु सञ्चालन गरीनेछ । व्यवसायिक सुरक्षाका लागि व्यवसाय विमाको नीतिलाई अवलम्वन गरीनेछ ।
८५. उपयुक्त व्यवसायिक वातावरण निर्माणका लागि नीजि क्षेत्रसंग सार्वजनिक नीति सम्वादलाई प्राथमिकता दिईनेछ । आर्थिक विकासका लागि नीजि क्षेत्रसंग साझेदारी गरी अगाडि वढ्ने नीति अवलम्वन गरिनेछ । उद्योगको विकास मार्फत रोजगारी सृजनाका लागि प्राथकिता दिने नीति अवलम्वन गरिनेछ । उद्योग व्यवसाय दर्तामा महिला, दलित तथा विपन्न वर्गका लागि राजश्वमा केहि हदसम्म छुटको व्यवस्था गरिनेछ । गाउँपालिका भित्र दर्ता भै व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को कारण व्यवसायमा गम्भीर असर परेकोले दर्ता तथा नविकरणमा लाग्ने कर तथा शुल्कमा छुटको व्यवस्था मिलाइनेछ ।
८६. निरक्षरलाई साक्षर बनाउने नीति अनुसार यस वर्ष थप प्रभावकारी कार्यक्रमको व्यवस्था गरीपूर्ण साक्षर गाउँपालिका घोषणा गर्ने कार्यक्रमलाई कार्यान्वयन गराइनेछ । बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री नीति निरन्तर रहनेछ । घटना दर्ता गर्न घटना घटेको ३५ दिन भित्र आएमा निःशुल्क सेवा प्रदान गर्ने नीतिलाई निरनतर राखिनेछ । अपाङ्ग, असहाय, अशक्त, प्रकोप पीडित, द्वन्द्व प्रभावित, जेष्ठ नागरिकहरूलाई नेपाली नागरिकता प्राप्तिको लागि तथा अन्य सामान्य सिफारिस निःशुल्क उपलव्ध गराइनेछ साथै १८ वर्ष भित्रका वंशजका आधारमा नेपाली नागरिकताको लागि निवेदन दिने नागरिकलाई समेत पहिलो पटक नागरिकताको लागि गरिने सिफारिस निःशुल्क प्रदान गरिने व्यवस्थालाई यथावत राखिनेछ ।
८७. सरकारी छात्रवृत्तिको सिफारिस, जेष्ठ नागरिक सिफारिस, अपाङ्गता सिफारिस, दिर्घ रोगी सिफारिस, असहाय तथा गरीबसम्बन्धी सिफारिस, निःशुल्क स्वास्थ्य उपचार सम्बन्धी सिफारिस, आर्थिक अवस्था कमजोर भएको सिफारिस, अदालती शुल्क मिनाहा सम्बन्धी सिफारिस, नाबालक प्रमाणित सिफारिस, प्राकृतिक प्रकोपबाट क्षति भएको घर पाताल सम्बन्धी सिफारिस र एकाघर परिवार भित्रको मृतकसँगको नाता प्रमाणित गर्दा पहिलो पटक निःशुल्क गरिने व्यवस्थालाई निरन्तरता दिइनेछ । लैगिंक हिंसा न्यूनिकरण गर्न समविकास वा महिला–पुरुष सचेतना कार्यक्रम सञ्चालन गराइनेछ । मदिराजन्य हिंसा नियन्त्रण गर्न मदिरा व्यवसायलाई थप व्यवस्थित तथा नियमन गरिनेछ ।
८८. कोरोना भाइरसका कारण विश्व श्रम बजारबाट फिर्ता आएका तथा देश भित्रै गाउँपालिका भित्रै बेरोजगार भै बसेका युवाहरको विवरण अद्यावधी गरी उनीहरुलाई रोजगार दिलाउन वास्वरोजगार तुल्याउन क्षमता विकास, सीप विकास, व्यावसायिक तालिमको सञ्चालन गरि गाउँपालिका स्तरमा रोजगारीको सिर्जना गरि युवाशक्ति पलायन हुनबाट रोकी स्थानीय श्रममुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।युवा वर्गको क्रियाशीलतालाई गाउँपालिकाको विकासको क्षेत्रमा योगदान दिन सबै कार्यक्रमहरूलाई युवामैत्री बनाउँदै लगिनेछ ।सामूहिक रुपमा व्यवसाय गर्न चाहने युवाहरुको लागि समूहमा आधारित अनुदानद्वारा उनीहरुको व्यवसायलाई प्रोत्साहित गर्ने नीतिलाई यथावत राखी उपलब्धिमा परिणत गराइनेछ । युवा जनशक्तिलाई विकास निर्माणका कार्यमा केन्द्रित गराइ गाउँपालिकाको द्रुत विकास लक्ष्यलाई पूरा गर्दै आफ्नै भूमीमा युवालाई रमाउन प्रोत्साहित गरिनेछ ।
८९. एक वडा एक खेल मैदानको नीतिलाई निरन्तरता दिइ वडा स्तरमा खेलकुद पूर्वाधारको विकासका साथै खेलकुद प्रति वस्ती स्तरमै सकारात्मक सोचको विकास गराइनेछ । विद्यालय स्तरबाटै खेलाडीको विकाससँगै विद्यालयहरुमा खेल सामग्रीहरुको व्यवस्था गरि खेलकुद क्षेत्रको विकास गरिनेछ । गलौंदी खेल मैदानलाई प्रदेश स्तरीय खेलमैदानको रुपमा विकास गर्न थप पूर्वाधार निर्माणलाई व्यवस्थित गर्दै लगिनेछ । गाउँपालिका स्तरीय खेलकुद विकास समिति गठन गरी खेलकुद क्षेत्रको समग्र विकासमा पहल गरिनेछ ।
९०. विभिन्न जात जातिहरुको लोपोन्मुख भाषा, धर्म र सस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने नीतिलाई निरन्तर राखी मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद सबैको मर्मत सुधार गरि संरक्षण तथा सम्वद्र्धन गरिनेछ । परम्परागत धार्मिक तथा मौलिक संस्कृतिको जगेर्ना गरिनेछ । गजुरी गाउँपालिका भित्र रहेको धार्मिक ऐतिहाँसिकता बोकेको कंकालिनी, पिण्डेश्वरी र लामाचिरा मन्दिरको विकास, संरक्षण, सम्वद्र्धन गर्दै गन्तव्य स्थलको रुपमा विकास गरी ती मन्दिरहरुको नाममा रहेको गुठीको जग्गा खोजी गरी सनातन देखि चलि आएको पूजा आजालाई थप व्यवस्थित गरी नियमित गराइनेछ । मरणघाट, चिहान तथा किरिया घरहरुको निर्माण र व्यवस्थापनमा उचित ध्यान दिइनेछ ।
९१. हामीले तयार गरेको सडक गुरुयोजना अनुसार सडकको स्तर विभाजन गरि निर्माण कार्यलाई व्यवहारिक र वैज्ञानिक बनाईंदै लगिनेछ । ट्र्याक निर्माण भएका सबै सडकहरुमा उपभोक्ताहरुको अपनत्व वृद्धि गराइ संरक्षण सम्वद्र्धन गर्दै सबै निर्माणाधिन सडकहरुको स्तरोन्नती गरिंदै लगिनेछ । आवश्यकता पहिचान गरि झोलुङ्गे पुल तथा पक्की मोटरेवल पुल निर्माणको कार्य प्रक्रिया अगाडि बढाइनेछ । गाउँपालिका भित्र निर्माण भएका सबै सडकहरुको नक्शांकन, लगत कट्टा तथा सिमा निर्धारण कार्यलाई कार्यान्वयनको चरणमा अघि बढाइनेछ । नियमित रुपमा सवारी साधन संचालन हुने गाउँपालिका भित्रका मुख्य मुख्य सडकहरुमा सडक मर्मत कार्यकर्ताको व्यवस्था गरी सडक संचालन कार्यलाई सुचारु गराइ राखिनेछ ।
९२. गाउँपालिका केन्द्रबाट सबै वडा कार्यालयहरुसम्म सदाबहार रुपमा यातायातका साधन संचालन हुने गरी यस आर्थिक वर्ष भित्र सडक निर्माण कार्य पूरा गरिनेछ । सडक निर्माण गर्दा मेशिनरी उपकरण लगाउनै पर्ने बाहेकजनशक्ति प्रयोग हुने कार्यमा स्थानीय जनशक्तिको व्यवस्थामा जोड दिइनेछ । ठेक्का मार्फत निर्माण कार्य शुरु भै कार्य सम्पन्न हुन बाँकिसबै सडकहरुको निर्माण कार्यलाई निरन्तर रुपमा अघि बढाउने व्यवस्था मिलाइनेछ । सडकहरुको स्तरोन्नतीसँगै आवागमन धेरै हुने सडकहरुलाई कालोपत्रे गर्ने कार्यलाई थप गर्दै लगिनेछ । १५ लाख भन्दा माथिका योजनाहरुलाई ठेक्का मार्फत गराइनेछ । समपुरक बाहेकका कुनै पनि योजनामा दोहोरो पन हुन नदिन संघ र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
९३. हरित सडकको अवधारणा अनुसार सबै ग्रामिण सडकहरुको यथोचित स्थानहरुमा उपभोक्ताहरुको सहभागितामा फलफूल, बाँस, निगालो, अम्रिसो आदिको रोपण गरि हरियाली सडकको विकासमा ध्यान दिंदै सडक सौन्दर्यतालाई बढाइनेछ । गाउँपालिका स्तरको मुख्य सडक तथा मोटरेवल पुलहरुको डि.पि.आर. तयार गरि स्थायी भौतिक पूर्वाधारको निर्माणलाई जोड दिइनेछ । गाउँपालिका भित्र निर्माण भएका सबै सडक तथा आयोजनाहरुलाई जि.आइ.एस. प्रणालीमा एकिकृत गरि सडक निर्माण कार्यलाई वातावरणमैत्री र हरेक योजनाहरुलाई प्रविधियुक्त रुपमा अनुगमन तथा मूल्यांकन पद्दतिमा जोडिनेछ । पूर्वाधार क्षेत्रको हरेक निर्माण कार्यलाई प्राविधिक राय, सल्लाह र सुझाव अनुसार गराइ सुरक्षित एवं टिकाउ बनाइनेछ । सडक दुर्घटना न्यूनिकरण गर्न आवश्यक नीति व्यवस्थित गरिनेछ ।
९४. विद्युत प्रसारण लाइन पुग्न बाँकि सबै वडाहरुमा यस वर्ष भित्र विद्युत विस्तार गरी सकिनेछ । औद्योगिक विकास हुने सम्भावित क्षेत्रमा र बाक्लो वस्ती भएका क्षेत्रमा विद्युतको क्षमतामा वृद्धि गराइनेछ । काठेपोल तथा नाङ्गो तारको विस्थापनमा जोड दिइ फलामे पोल तथा ए.वि.सी. तारको व्यवस्था सहित विद्युत सेवालाई सुरक्षित बनाउँदै लगिनेछ । विद्युत सेवा नभएका विद्यालय, स्वास्थ्य संस्था तथा अन्य कार्यालयहरुमा वैकल्पिक उर्जाको माध्यमबाट भए पनि यस वर्ष भित्र विद्युत सेवा पु¥याइनेछ । सडक सौर्य वत्ती जडान कार्यलाई प्राथमिकता मै राखिनेछ । साना तथा मझौला हाइड्रोपावरको सम्भाव्यता अध्ययनलाई स्वीकृति प्रदान गरिनेछ ।
९५. “खोला छेउछाउको गरा, सबै हराभरा” भन्ने नारालाई चीरस्थायी बनाउन खेती योग्य सबै जमिनहरुमा सिंचाईंको उचित प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाउँदै लगिनेछ । थोपा सिंचाई तथा साना सिंचाईलाई प्राथमिकतामा राखिनेछ । सोको लागि प्लाष्टिक पोखरी तथा घैंटोद्वारा वर्षाको पानीलाई संकलन गराइ पाखो जमिनहरुमा समेत हिउँदे खेतीको विकास र विस्तार गराइनेछ । सिंचाई आयोजनाहरू छनौट गर्दा गाउ“पालिकाको मुख्य कृषि क्षेत्र समेतलाई मध्यनजर गर्दै छनौट गर्ने र सिफारिस गर्ने नीति लिइनेछ ।नहर तथा कुलो आदि सिंचाईका पूर्वाधारको निर्माणमा तिव्रताका साथ कार्य थालनी गरिनेछ ।
९६. गाउँपालिका भित्रका ठूला सिंचाईं आँपटार नहर, गजुरीटार नहर, प्रवाङ नहर,सनिसटार चपरे सिंचाइ जस्ता सिंचाइ योजनाहरुकोयसै वर्षबाट आवश्यक रकम सहित निर्माण कार्य तिव्र गतिमा थालनी गरी सबै खेती योग्य जमिनलाई सिंचित गरिनेछ । सिंचाइका कार्यक्रमहरुलाई कृषिका कार्यक्रमहरुसँग समन्वय गराइनेछ ।
९७. गजुरी गाउँपालिकाको छुट्टै आधुनिक, सुविधा सम्पन्न, अपाङ्गमैत्री तथा प्रविधिमैत्री प्रशासनिक भवन निर्माणको कार्य यस वर्षबाट शुभारम्भ गरिनेछ । भवन निर्माण गर्न बाँकि रहेको वडाहरुको समेत यसै वर्षबाट निर्माण कार्य थालनी गरिनेछ । वडा कार्यालयहरुको लागि निर्माणाधिन सबै भवनहरु बालमैत्री, लैंगिकमैत्री रुपमा निर्माण कार्यसम्पन्न गराइनेछ । भूकम्प पीडितहरुको निर्माण गर्न बाँकी सबै घरहरु निर्माणमा आवश्यक पहल गरिनेछ । विद्यालय, क्याम्पसका शैक्षिक तथा प्रशासनिक भवनहरु, विद्यार्थी आवास घर, स्वास्थ्य संस्था, सामुदायिक केन्द्र, प्रसुती प्रतिक्षा घर, सहकारी आदिका भवनहरुको निर्माणमा विशेष ध्यान दिइनेछ ।
९८. गाउँपालिका क्षेत्रभित्र निर्माण गरिने सम्पूर्ण आवास तथा भौतिक संरचना, प्रशासनिक एवं औद्योगिक भवनहरु, विद्यालय, स्वास्थ्य संस्था, क्याम्पस, निजी आवास तथा अन्य विविध प्रयोगमा आउने सबै खाने संरचना निर्माण गर्दा मापदण्ड सहित नक्सा पास गरेर मात्र निमार्ण गर्नुपर्ने प्रणालीलाई कडाईका साथ कार्यान्वयन गराइनेछ । यस अघि बनेका पुराना पक्की घर तथा भवनहरुको मापदण्ड अनुसार अभिलेखिकरण गर्न नागरिकलाई प्रोत्साहित गरिनेछ ।
९९. ढल निकास तथा बजार व्यवस्थापनलाई निरन्तरता दिइनेछ । मलेखु, गजुरी, घाटबेशी, आदमघाट जस्ता गाउँपालिका भित्रका शहर उन्मुख बजारहरुलाई थप व्यवस्थित गरी स्मार्ट टाउनको रुपमा विकास गर्दै लगिनेछ । नेपाल सरकारबाट स्वीकृत बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड,२०७२ लगायतका नीतिगत व्यवस्थामा रहेका न्यूनतम प्रावधानलाई गाउँपालिकाले आफ्नोे क्षेत्रमा अवलम्बन गरि गाउँपालिका भित्र निर्माण हुने भवनहरूको निर्माण स्वीकृती, नक्सा पास र निर्माण सम्पन्न प्रमाण पत्र सहज रुपमा उपलब्ध गराउनेछ । सबै सरकारी कार्यालयले नक्सा पास गरेर मात्र भवन निर्माण गर्नु पर्ने नीति लिइनेछ । एकीकृत बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ ।
१००. संचारमैत्री नीति अख्तियारी गरिनेछ । गाउँपालिकाका सबै योजना तथा कार्यक्रमहरुलाई संचार मैत्री बनाइनेछ । गाउँपालिकाका सबै गतिविधिहरुलाई संचार जगतसँग जोडिने कार्यक्रम तय गरिनेछ । स्थानीय रेडियो, टेलिभिजन, तथा पत्रपत्रिकाहरुमा गाउँपालिकाको विकास निर्माण तथा सेवा प्रवाहको समाचार र सूचना प्रकाशन एवं प्रचार प्रसारमा वृद्धि गराइ समय मै जनताको घर दैलोमा जानकारी पु¥याउने र जनताको राय सुझाव संकलन गरि भावि कार्य दिशा निर्धारण गरिनेछ । सूचना र संचारको सेवानपुगेका ठाँउहरुमा सेवा विस्तार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ ।
१०१. “हरियो वन, वातावरण प्रवद्र्धन”को नारा सार्थक तुल्याउन सबै किसिमका वनको व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याइनेछ । सामुदायिक वन समूहको रुपमा गठन भएका सबै वन समूहहरुको लगत लिइ तिनीहरुको अभिलेखिकरण, व्यवस्थापन र अनुगमन तथा नियमन गरिनेछ । गाउँपालिका स्तरमा नमुना वन व्यवस्थापन गर्न उपयुक्त सामुदायिक वन समूह छनौट गरि सम्बन्धित निकायको समन्वयमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई टेवा दिने कार्यक्रम ल्याइनेछ ।
१०२. वन्य जन्तु तथा चाराचुरुङ्गीहरुलाई भएको खानेपानीको अभावलाई ध्यानमा राखी “एक सामुदायिक वन, एक पोखरी निर्माण” कार्यलाई निरन्तरतामा जोड दिइनेछ । वन फडानी, डँढेलो, भू–क्षय आदिलाई नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । नर्सरीको स्थापना सहित खाली ठाउँमा वृक्षारोपण गरि वातावरण संरक्षणमा टेवा पु¥याइनेछ । भू–क्षय नियन्त्रणको लागि तटबन्ध, ग्याविन वाल, बायो इन्जिनियरिङ प्रणालीको विकासमा ध्यान दिइनेछ ।
१०३. वन संरक्षण सहित वनमा आश्रित आय आर्जनका कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याइनेछ । रोजगारी सिर्जना गरी उत्पादन तथा आय आर्जन गर्ने गरी कार्य योजना पेश गर्ने सामुदायिक तथा कबुलियती वनहरुलाई आवश्यक सबै किसिमको सहयोग गरिनेछ । जलवायु परिवर्तनका असरहरु न्यूनिकरण गर्न वातावरण मैत्री कार्यक्रमहरु सञ्चालन गरिनेछ । सार्वजनिक, ऐलानी र प्रति जग्गाको संरक्षण गर्न सोको लगत लिई तारबार गर्ने र हरियाली पार्कको रूपमा विकास गर्ने कार्यको थालनी गरिनेछ । सामुदायिक वनहरूमा आय आर्जन हुने खालका फलफूल तथा अन्य बाँस, निगालो आदि जस्ता उपयोगी विरूवा लगाउन सम्बन्धित निकायसँगको समन्वयमा नागरिकलाई प्रोत्साहित गराइनेछ । प्रत्यक वडाको कम्तिमा एउटा सामुदाायिक वन तथा पहाडको टापुमा पिक्नीक स्थल निर्माण कार्यमा ध्यान दिइनेछ ।
१०४. विपद् व्यवस्थापन केन्द्रको स्थापना गरि विपद्बाट हुने जोखिमलाई न्यूनीकरणमा जोड दिइनेछ । आकस्मिक विपद्मा परेका आम नागरिकलाई सहयोग गर्न विपद् व्यवस्थापन कोष स्थापना गरि वडा स्तरमै तत्काल राहत तथा सहयोग पु¥याउन वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाइनेछ । विपद् व्यवस्थापन गर्न वा आकस्मिक प्रकोप तथा दुर्घटना न्यूनिकरणको लागि एक वडा एक हेलिप्याडको स्थापना गरिनेछ । विपद्बाट हुने क्षति कम गराउनका लागि विपद् पूर्व सूचना र प्राथमिक सुरक्षा सम्बन्धी तालिम तथा चेतना अभिवृद्धि हुने कार्यक्रम सञ्चालन तथा विपद्बाट प्रभावितको उद्धारको लागि उद्धार सामग्रीको उचित व्यवस्था गरिनेछ ।
१०५. गाउँपालिका क्षेत्रमा उपयुक्त सार्वजनिक जग्गाको प्रयोग गरि गाँउपालिका स्तरीय बसपार्क निर्माणमा पहल गरिनेछ । पूर्ण सरसफाईको कार्यक्रम सञ्चालन गरी पर्यावरणीय सन्तुलन र वातावरण संरक्षण सम्बन्धी कार्यलाई जोड दिइनेछ । खुल्ला दिशामुक्त कार्यक्रमलाई निरन्तरता दिइ रणनीति तर्जुमा सहित गाउँपालिकालाई पूर्ण सरसफाईको अवस्थामा पु¥याउने नीतिलाई निरन्तरता दिइनेछ । समुदायमा आधारित फोहर व्यवस्थापन प्रणालीलाई अगाडि सारिनेछ । सोको लागि उचित स्थानको पहिचान गरी आवश्यक रकमको व्यवस्था सहित यसै वर्षबाट कार्य थालनी गरिनेछ । स्वच्छ, सफा र सुन्दर गाउँको निर्माण गर्ने नीति लिइनेछ ।
१०६. प्लाष्टिक झोलामुक्त गाउँपालिका निर्माण गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ । एक घर एक बिरूवा, एक जन्म पाँच विरुवा र एक मृत्यु दश बिरुवा रोपणको कार्यक्रम बनाइनेछ । गजुरी गाउँपालिकाको फोहोरलाई मोहोरमा परिवर्तन गर्ने नीति बनाई कार्यान्वयनमा ल्याईनेछ । फोहर व्यवस्थापनका लागि प्रत्येक घरघरमा संकलन सामग्रीको व्यवस्था गरिनेछ ।
१०७. गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त दुरुस्त र सेवाग्राही मैत्री बनाउन सम्पूर्ण विषयगत शाखाहरुको व्यवस्थापनलाई प्रविधियुक्त बनाइनेछ । गाउँपालिका तथा वडा कार्यालयहरुको भवन निर्माण पश्चात सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रविधिमैत्री रुपमा प्रदान गरिनेछ । पदाधिकारीहरु र कर्मचारीहरुको क्षमता विकासको लागि तालिम, अवलोकन भ्रमण, अनुभव साटासाट कार्यक्रम लगायत विभिन्न अन्य वृत्ति विकास सम्बन्धी कार्यक्रमको व्यवस्था मिलाइनेछ । कार्य सम्पादन मूल्याङ्कनका आधारमा गाउँपालिका मातहतका सम्पूर्ण कर्मचारीहरुलाई सम्मान, पुरस्कार, प्रोत्साहन तथा सचेत गराउने कार्यक्रम बनाइ कार्यान्वयन गरिनेछ । उत्कृष्ट वर्ष कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, कृषि समूह, सहकारी, सामुदायिक वन समूह आदिको घोषणा गरि सम्मान र पुरस्कृत गर्ने कार्यको थालनी गरिनेछ ।
१०८. नागरिक वडापत्रको व्यवस्थालाई प्रभावकारी बनाई सोको माध्यमबाट गुनासो सुनुवाइलाई उचित व्यवस्थापन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ साथै वडा स्तरमा समेत यसको विस्तार गरिनेछ । सेवा उपलब्धताको मापन तथा मूल्याङ्कनको लागि योजना अनुगमन समितिको काम कारबाहीलाई प्रभावकारी बनाइनेछ । एक वडा एक सार्वजनिक सुनुवाई गरि गाउँपालिका स्तरमा सार्वजनिक सुनुवाई तथा सेवाको गुणस्तर मापन कार्यक्रम संचालन गरिनेछ ।
१०९. “म सभ्य र चेतनशील नागरिक” भन्ने कार्यक्रमलाई सबै क्षेत्रको आम नागरिकको सहभागिता गराइ चेतना अभिवृद्धि गरिनेछ । सेवाग्राही तथा आम नागरिकले तिर्ने सबै किसिमका कर तथा सेवा शुल्क नियमित र पारदर्शी बनाउन प्रविधिको प्रयोग गरी पारिवारिक दर्ता प्रणाली मार्फत एकीकृत कर प्रणाली सञ्चालनको व्यवस्था गर्दै लगिनेछ र गाउँपालिकाबाट हुने आमदानी खर्चलाई समय सापेक्ष ढंगले सार्वजनिक गरिनेछ ।
११०. सबै किसिमका व्यवसाय तथा उद्योगहरुलाई गाउँपालिका स्तरमा दर्ता तथा सूचिकृत हुन प्रोत्साहित गराउने गरी कर तथा शुल्क निर्धारण गरिनेछ साथै सबै उद्योग तथा व्यवसायको नियमन गरि करको दायरामा समावेश गराउने र कर छलीलाई निरुत्साहित गर्न अनुगमन व्यवस्थालाई चुस्त दुरुस्त बनाइनेछ । गाउँपालिकाबाट सञ्चालन गरिएका सेवा प्रवाहको सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिइनेछ । “जनतासँग गाउँपालिका”रेडियो कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक कार्य गरिनेछ । सो कार्यक्रम अन्तरगत स्थानीय जनताहरुको राय, सल्लाह, सुझाव, आवश्यकता तथा सुशासन सम्बन्धी विषयहरु समावेश गरिनेछ ।
१११. राजश्व सुधार कार्य योजनाले निर्दिष्ट गरे अनुसार समतामूलक, प्रगतिशील र न्यायपूर्ण बनाई राजस्वको दायरा वृद्धि तथा दरमा सामान्यीकरण गर्दै सबै करदाताहरूको सहभागितामा राजस्व अभिवृद्धि गरि कुल बजेटमा आन्तरिक आम्दानीको अंश वृद्धि गरिंदै लगिनेछ । व्यवसाय कर र घर बहाल कर असुली कार्यलाई थप व्यवस्थित बनाइनेछ । गाउँपालिकाको श्रोत विस्तारको लागि सम्पत्ति कर लागू गरिनेछ । व्यवसाय करको दायरा बढाउने र बढिभन्दा बढि व्यवसायीहरूलाई कर तिर्न प्रोत्साहित गर्न गाउँपालिकामा विविध कार्यक्रम सहित कर सप्ताह कार्यक्रम सञ्चालन गर्ने तथा राजस्व संकलन कार्यलाई व्यवस्थित गर्न प्रविधियुक्त व्यवस्था मिलाइनेछ । वर्ष भरीमा गाउँपालिकालाई सबै भन्दा धेरै कर तिर्ने कर दातालाई सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।
११२. श्रोत व्यवस्थापनलाई वैज्ञानिक, यथार्थपरक र व्यवस्थित गर्न कम्प्युटर सफ्टवेयरको प्रयोगबाट डाटावेसका आधारमा कर शुल्क संकलन गर्ने कार्यको थालनी गरिनेछ । कर, शुल्क, दस्तुर असुली कार्यलाई उपयुक्त संयन्त्र निर्माण गरि प्राथमिकताका साथ अगाडि बढाइ बक्यौता न्यून गरिनेछ ।
११३. गैरसरकारी संघ संस्थाहरूलाई गाउँपालिकामा दर्ता वा सूचिकृत भै समन्वय र सहकार्यमा सामुदायिक विकासमा जोड दिइनेछ । गाउँपालिका क्षेत्रभित्र कार्यक्रम सञ्चालन गर्ने सबै गैरसरकारी संस्थाहरूलाई आफ्नो कार्यक्रमहरू गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र योजनामा समावेश गर्न लगाइनेछ । कार्य प्रगतिको चौमासिक रुपमा समिक्षा गर्न सम्पर्क व्यक्ति तोकिनेछ साथै उचित र प्रभावकारी योजना तथा कार्यक्रममा साझेदारी गरिनेछ ।
११४. वित्तीय श्रोत परिचालन र व्यवस्थापनमा निजी क्षेत्र र नागरिक समाजको सहभागिता र सहकार्यलाई बढाउँदै लगिनेछ । सम्पूर्ण करदातालाई स्वःस्फूर्त रूपमा करको दायरामा ल्याई आफूले तिरेको करको उचित उपयोग भएको अनुभूति दिलाइनेछ । राजस्व तथा आर्थिक कारोवारमा पारदर्शिता, जवाफदेहिता, सहभागिता र अनुमान योग्यता प्रवद्र्धन गर्न तथा वित्तीय अनुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाइनेछ । वित्तीय सूचनाको अभिलेख र प्रतिवेदन प्रणालीलाई नियमित र व्यवस्थित गरिनेछ । गाउँपालिकाले उठाउने सम्पत्तिकर, व्यवसाय तथा पेशा कर, घर वहाल कर, मनोरन्जन कर, तथा अन्य विविध कर, शुल्क, दस्तुरहरूलाई पारदर्शी र प्रभावकारी बनाउन आवश्यकता अनुसार कार्यविधि र निर्देशिकाहरु बनाई व्यवस्थित गरिनेछ ।
११५. जनप्रतिनिधि र कर्मचारिहरुको आचार संहिता लागू गरि कार्यान्वयन गराइनेछ । अनुगमन, मूल्यांकन र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिईनेछ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप व्यवस्थित गरि लैङ्गीक हिंसा, बाल विवाह तथा समाजमा भएका अन्य असामाजिक कार्यहरुलाई नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । वडा केन्द्रसम्म शान्ति सुरक्षा व्यवस्थित गर्न प्रहरी यूनिट स्थापना गर्न आवश्यक परेमा संघ र प्रदेश सरकारसँग समन्वय गरि कार्य अघि बढाइनेछ ।
११६. सुशासन र कार्य सम्पादन चुस्त दुरुस्त बनाउनको लागि प्रत्येक वडा र गाउँपालिकाको कार्यालयहरुमा इन्टरनेट र इन्ट्रानेटको व्यवस्था गरि सम्पूर्ण गाउँपालिकाको कामकाज प्रविधियुक्त बनाउने कार्यलाई निरन्तरता दिइनेछ । गाँउपालिकाको सेवा, सुविधा, नीति, नियम, सूचना तथा गतिविधिहरु सबै नागरिकको पहँुचमा पु¥याउन मोवाइल एप्स “हाम्रो गजुरी” लाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ । डिजिटल सोधपुछ कक्ष, डिजिटल सूचना पाटि, डिजिटल नागरिक बडापत्रको व्यवस्थापन गरिनेछ ।
११७. गाउँपालिका, वडा कार्यालय तथा अन्तरगतका शाखा कार्यालयहरुका गतिविधिहरुको निगरानी तथा पारदर्शिता कायम गर्न सी.सी. क्यामेरा जडान कार्यलाई थप गरिनेछ । मलेखु खोला पुल देखि बेल्खु खोला पुल सम्मको सडक क्षेत्रमा हुने यातायात तथा अन्य घटनाक्रमलाई मध्य नजर गरि सडक निगरानीका लागि जडान गरिएको सि.सि. क्यामेराको व्यवस्थापन तथा गुणस्तरलाई प्राथमिकतामा राखिनेछ । गाउँपालिका तथा वडा कार्यालयहरुमा हस्तलिखित रुपमा सञ्चालन गरिने सेवा प्रवाहहरुलाई सूचना प्रविधिको उपयोग गरि विस्थापित गरिनेछ । सबै माध्यमिक विद्यालय तथा आधारभूत विद्यालयहरुमा इन्टरनेट सेवाको पहुँच पु¥याउने कार्यलाई यथावत राखिनेछ ।
११८. सूचना प्रविधि केन्द्रको स्थापनाको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिइनेछ । सबै वडा कार्यालयहरुबाट अनलाइन घटना दर्ता प्रणाली संचालनको कार्यान्वयन गराइनेछ । सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणाली मार्फत वितरण थालनीको लागि आवश्यक प्रक्रिया यस आर्थिक वर्ष भित्र पूरा गरिनेछ । नयाँ निर्माण गरिने घरको नक्सा पास तथा पुराना निर्माण भईसकेका घरको अभिलेखीकरण विद्युतीय प्रणाली शुरु गरिनेछ । गाउँपालिकाको जी.आइ.एस. म्यापिङ गरि प्रत्येक घरधुरीको पारिवारिक विवरण तयार गरिनेछ ।
११९. हामीले जनताका बीचमा जाहेर गरेका प्रतिबद्धता तथा सबै विकास र जनजीविकाका सवालहरुलाई यथोचित विकास गर्दै गजुरी गाउँपालिकालाई समृद्ध र समुन्नत रुपमा रुपान्तरण गरी नगरपालिकाको रुपमा विकास गर्न हामी प्रतिबद्ध छौं । हाम्रो यस कदममा आम सचेत नागरिकको रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा राख्दछौं । गजुरी गाउँपालिकाको विकास गर्न सकेमा सबैको विकास हुने भएकोले तपाईं हामी दत्तचित्त भै आग्रह, पूर्वाग्रह, राजनीतिक स्वार्थलाई थाती राखी गाउँपालिकाको समग्र विकासमा लाग्न सबैमा हार्दिकता पूर्वक अनुरोध गर्न चाहन्छु ।
१२०. अन्त्यमा गत आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम, योजना तथा बजेट कार्यान्वयनमा लाग्नु हुने जनप्रतिनिधि साथीहरु, कर्मचारी मित्रहरु तथा आम नागरिकमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस आर्थिक वर्ष २०७७/७८ को माथि उल्लेखित नीति, कार्यक्रम तथा योजनाहरुको कार्यान्वयन गर्न बजेट विनियोजन गरि कार्यक्रम सञ्चालन गरिनेछ । यस वर्षको नीति, कार्यक्रम, योजना र बजेट कार्यान्वयनमा यहाँहरुको अझ बढि सहयोग र क्रियाशीलताको अपेक्षा गर्दछु । नीति तथा कार्यक्रमहरुसँग सम्बन्धित बजेट यस सभाको अर्को सत्रमा प्रस्तुत गरिनेछ । यस नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग गर्नुहुने सबै महानुभावहरुलाई हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछु ।
तस्विर : सिता ढुङ्गाना
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |