काठमाडौं, ३० जेठ
अमेरिक डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको छ ।
युरोपियन युरोमा भने सामान्य ओरालो लागेको छ । यो दिन युरो एकको खरिदमा १३० रुपैयाँ ६६ पैसा र बिक्रीमा १३१ रुपैयाँ २९ पैसा रहेको छ। यसअघि भने एकको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा रहेको थियो ।
अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । यसअघि एकको खरिदमा ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९४ पैसा रहेको अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ०४ पैसा रहेको छ ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६६ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २९ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५२ पैसा र बिक्रीमा १८ रुपैयाँ ६१ पैसा छ ।
साउदी अरेवियन रियाल स्थिर रहेको छ भने कतारी रियालमा सामान्य गिरावट आएको छ । सोमबार साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ भने यसअघि एकको खरिददर ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३४ रुपैयाँ १९ पैसा रहेको कतारी रियाल सोमबार एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा छ ।
त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४०७ रुपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३२९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३१ रुपैयाँ २१ पैसा छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |