धादिङ,२५ साउन।
सामुदायिक वन दिवसको अवसरमा धादिङमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सुशासन र समृद्धि, सामुदायिक वन उद्यम र उद्यमी भन्ने नाराका साथ छैटौं सामुदायिक वन दिवसको अवसरमा ढोडेनी पाखा सामुदायीक वन त्रिपुरा सुन्दरी गा.पा. २ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
आज सामुदायीक बन उपभोक्ता समूह, सहकारी बगैंचा वृक्षरोपण संरक्षण समिति को आयोजना, सामुदायीक वन उपभोक्ता महासंघ धादिङको समन्वय तथा डिभिजन वन कार्यालय धादिङ, त्रिपुरा सुन्दरी गाउपालिका र वडा न २ को सहयोगमा उक्त स्थानमा फलफूल तथा वनजन्य ४४१ विरुवाहरु वृक्षारोपण गरिएको छ ।
बुढीगण्डकी डुवानले आफुहरु बसाई सरेपछि पनि पछि सम्मको सम्झनाको लागी उक्त क्षेत्रलाई फलफुल बगैचाको रुपमा बिकास गर्न फलफुल जन्य बिरुवाहरु बृक्षारोपण गरिएको आरुघाट बासीको भनाई छ ।
त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष देवराज धरेलको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा डिभिजन वन अधिकृत अजय विक्रम मानन्धर, फेकोफनको अध्यक्ष शुशिला पाठक तथा वडा न २ को वडा अध्यक्ष एवं कार्यक्रमका संयोजक कमल नारायण श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा आसिन अतिथिज्यूहरुले सामुदायीक वन वृक्षरोपण र यसको संरक्षणमा सरोकारवालाहरुको भुमिकाको बिषयमा चर्चा परिचर्चा गर्नु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |