धादिङ,१४ भाद्र ।
लाइन्स क्लब काठमाडौ धादिङले धादिङबेसीको पशुपति मन्दिरमा भक्तजनहरुलाई ग्लुकोज पानी र जिवनजल वितरण गरेको छ ।
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसरमा पुजा गर्न मन्दिर पुगेका एक हजार भन्दा बढी भक्तजनहरुलाई लायन्स क्लवले ग्लुकोज पानी र जिवनजल वितरण गरेको लाइन्स क्लब काठमाडौ धादिङका चार्टर्ड प्रेसिडेन्ट सुवास बसेलले जानकारी दिनुभयो ।
पशुपति मन्दिरमा बिहान ९ बजे देखि साँझ ६ बजे सम्म नागरिक सहायता कक्ष संचालन गरि शुद्ध पिउने पानी,जिवन जल,गुल्कोज पानि फलफुल वितरण गरिएको लायन्स क्लब अफ काठमाडौ धादिङका द्वितिय उपाध्यक्ष विक्रम वि.क. ले बताउनुभयो । क्लब ले मन्दिर परिषमा सरसफाई समेत गरेकोे थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |