धादिङमा जारी निषेधाज्ञामा केही परिमार्जन गरिएको छ । सोमबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) का अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि बिभिन्न नयाँ नियम लागू गरेको छ । जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको दर बढ्दै गएका कारण नियन्त्रणको लागि थप नियम लागू गरिएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
बैठकले भोलीदेखि धादिङवेशी बजार क्षेत्रभित्र विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म फलफूल तरकारी, दुधदही तथा खाद्यान्न लगाएतका अत्यावश्यक वस्तुहरु खरिद विक्रि गर्न नपाईने निर्णय गरेको छ । त्यस्तै विहान ९ बजेदेखि २ बजे सम्म अन्य उद्योग धन्दा पसल व्यवसाय सञ्चालन गर्न नपाईने तर अन्य अत्यावश्यक वस्तु तथा सेवाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पुरा गरि सञ्चालन गर्न पाउने निर्णय भएको धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्र बहादुर खत्रिले बताउनुभयो ।
यसैगरी बजार केन्द्र बाहिरका स्थानलाई शुरु वा अन्तिम विन्दु बनाई सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले बजार केन्द्रमा यात्री ओराल्न चढाउन नपाउने, मेला, पर्व जात्रा, कन्सर्ट, पुजापाठ जस्ता भिडभाड हुने कार्य गर्न गराउन नपाईने, प्रतिस्पधात्मक खेल वा प्रतियोगीता, सार्वजनिक स्थलमा पिङ हाल्ने कार्य गर्न गराउन नपाईने निर्णय गरेको छ ।
शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने, दंशै लगायतका चाडपर्वहरु मनाउँदा एकाघर परिवारमा बसिरहेका सदस्यहरु बाहेक नाता कुटुम्बतथा छरछिमेकहरु भेला हुन नपाईने निर्णय पनि गरेको छ । यस्तै भिडभाड हुने क्रियाकलाप नगर्न र नगराउन भन्दै प्रशासनले तोकिएको नियम विपरितका क्रियाकलाप गरेमा आवश्यक कारबाही गरिने प्रशाशनले जनाएको छ ।
विभिन्न जिल्लाहरुबाट जिल्लाभित्र प्रवेश गर्ने यात्रुहरुबाट कोभिड १९ संक्रमण फैलिन नदिनको लागि जिल्ला प्रवेशका विन्दुहरुमा थप कडाईका साथ चेकजाँच गर्ने र स्वास्थ्य मापदण्ड पुरा गर्न गराउनको लागि रेडक्रस, सुरक्षा निकाय र स्थानिय संघ संस्थासँग समन्वय गरि आवश्यक व्यवस्था मिलाउन स्थानिय तहलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।
संकट व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णयहरु :
निणर्य नं १.
जिल्लाको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७/०६/२७ गते देखि लागु गरिएको निषेधाज्ञा केही परिमार्जन गरि आज मिति २०७७/०७/०३ गते राति १२ बजेदेखि अर्को आदेश नहुनजेल सम्मका लागि देहायको विषय समेटी निषेध आदेश जारी गरिएको सुचना प्रकाशन गर्ने ।
निषेध गरिएका गतिबिधिहरु :
१.नीलकण्ठ नगरपालिकाको सदरमुकाम स्थित बजार क्षेत्रमा निम्नानुसार बाहेक, बजार,पसल,व्यवसाय आदि संचालन गर्न÷गराउन नपाईने । बिहान ७ बजे देखि दिउसो २ बजेसम्म फलफुल, तरकारी,दुधदही र खाद्यान्न जस्ता अत्यावश्यक बस्तुहरु खरिद बिक्रि ।बिहान ९ बजे देखि दिउसो ३ बजेसम्म अन्य उद्योग धन्दा, पसल, व्यवसाय संचालन । तर अन्य अत्यावश्यक वस्तु तथा सेवाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी संचालन हुन सक्नेछन् ।
२.मेला,पर्व,जात्रा,महोत्सव, कन्सर्ट जस्ता भीडभाड हुने कार्य गर्न÷गराउन नपाईने ।
३.सार्वजनिक स्थान वा मन्दिरमा भिडभाड हुने गरि सामुहिक पूजा अर्चना,प्राथना गर्न÷गराउन नपाइने ।
४.कुनै पनि प्रकारको भिडभाड हुने प्रतिस्प्रधात्मक खेल वा प्रतियोगिता लगायत मनोरन्जनका कुनै पनि कार्य(लिङ्गे पिङ, रोटे पिङ) गर्न/गराउन नपाईने ।
५.सामुहिक भेला,गोष्ठि, सभा, सम्मेलन, पार्टी प्यालेस, स्वीमिङ पुल, जिमखाना जस्ता जनसमुह भेला हुने कार्य गर्न÷गराउन नपाईने।
६.बजार क्षेत्रमा सार्वजनिक सवारी साधन संचालन गर्न÷गराउन नपाईने ।
७.बजार केन्द्र बाहिरका स्थानलाई सुरु वा अन्तिम बिन्दु बनाई संचालन हुने सार्वजनिक सवारी साधनहरुले बजार केन्द्रमा यात्री ओराल्न र चढाउन नपाइने । यो व्यवस्था २०७७ कार्तिक ४ गते राति १२ः०० बजेदखि लागु हुनेछ ।
निर्णय नं २
विभिन्न जिल्लाहरुबाट जिल्लाभित्र प्रवेश गर्ने यात्रुहरुबाट कोभिड १९ संक्रमण फैलिन नदिनको लागि जिल्ला प्रवेशका विन्दुहरुमा थप कडाईका साथ चेकजाँच गर्ने र स्वास्थ्य मापदण्ड पुरा गर्न गराउनको लागि रेडक्रस, सुरक्षा निकाय र स्थानिय संघ संस्थासँग समन्वय गरि आवश्यक व्यवस्था मिलाउन स्थानिय तहलाई अनुरोध गर्ने ।
निर्णय नं ३
स्थानिय क्षेत्रमा संचालन हुने भाडाका सवारी साधनले जनस्वास्थ्यका मापदण्ड पूरा गरि सुरक्षित सेवा प्रदान गरे÷नगरेको विषयमा विषेश चेकजाँच गर्ने ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |