धादिङ १५, कात्तिक । मंसिर ४ को चुनाव नजिकदै गर्दा यस अघि पनि प्रतिनिधिसभा क्षेत्र न २ को क बाट प्रदेशसभा सदस्यका बनेका डा. राम कुमार अधिकारी यति खेर घरदैलो र मतदाता भेटघाटमै ब्यस्त छन ।
उनले प्रतिनिधि सभा क्षेत्र न २ को क मा प्रदेश सभा सदस्यमा उम्मेद्वार बने संगै उनि घर दैलो र मतदाता भेटघाटमा ब्यस्त भएका हुन । उनि अहिले नेकपा एमाललेका उम्मेद्वार हुन् ।
मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिएका डा. अधिकारीले सम्भव भएसम्म मतदाताका सबै घरमा पुग्ने र मतदातासँग भेटघाट गर्ने योजना रहेको डा. राम कुमार अधिकारीले बताएका छन् । अधिकारीले सोमबार नीलकण्ठ नगरपालिका वडा नं २ स्थित चिसापानी, सिम्ले, तिनघरे, भवनघर, वलीडाँडा, भुलभुले, केराबारी लगाएतका क्षेत्रमा मतदातासँग भेटघाट गरेको थिए । घरदैलो कार्यक्रममा डा.अधिकारीले यसअघि भएका विकास र समृद्धिको कामलाई हेरेर यसपटक पनि मत दिन आग्रह गरेका छन् ।
डा.रामकुमार अधिकारीको पहलमा लिफ्ट सिचाँई, सोह्रघरे खानेपानी योजना, दलित सामुदायिक भवन, जनजागरण तमु समाज भवन, देविथान्–काउने सडक, पानधारे काउले सडक, वलीडाँडा–सिम्ले सडक,ढोडेनी खानेपानी लगाएतका योजना सम्पन्न भएको डा. रामकुमार अधिकारीको भनाई छ । उहाँले मतदाताहरुसँग अबको पाँच बर्षमा पानधारे काउले सडक ग्रावेल, खेलकुद मैदान, खानेपानी लगाएतका कामहरु सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
डा. अधिकारीले आईतबार ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ ढोलाका बिभिन्न बस्तिका मतदाताहरुलाई भेटघाट गरेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |