धादिङ,१५ कात्तिक ।
हरेक आमाबुबाको आफ्नो सन्तान देशको ठुलोमानिस बनेको हेर्न चाहन्छन् । आफ्ना छोराछोरीको बारेमा अरुले राम्रो भनेको सुन्न चाहन्छन्। अभिभावकको बुझाई ठुलो मान्छे भनेको पाईलट,डाक्टर,नर्स,वकिल बन्नु पर्छ भन्ने हो ।छोराछोरीलाई आफुले चाहेको जस्तो बनाउन बालबालिकालाई सानैदेखि आफ्नो अधिनमा राख्न खोज्छौँ ।आमा वा बाबु विदेश गएका परिवारका बच्चालाई त झन् बढी दबाबमा राख्ने गरिन्छ ।
परिवारको सदस्यले बच्चालाई अधिनमा नराखे पछि गएर बिग्रिन्छ र भनेको मान्दैन भनेर जसलेपनि हप्काउने,पिट्ने र शारीरिक तथा मानसिक यातना दिईरहेका हुन्छौँ। अभिभावकहरु आफ्नो बच्चालाई सजाए नदिए त छोराछोरी विग्रिहाल्छन् कि भन्ने सोच राख्छैँ।हाम्रो समाजमा एउटा भनाई छै न, बाबुआमाले तह नलगाएको बच्चालाई समाजका अन्य व्यक्तिले तह लगाउछन् । अर्थात आफ्नो आमाबाबुले नपिटेको बच्चालाई छिमेकका मानिसले तह लगाउछन्।
त्यसैले आफ्नो बच्चाहरुलाई आफैले पिटेको राम्रो ।अरुले पिट्दा आफुलाई सहन गाह्रो भएकोले आफैले पिट्नुपर्छ भन्ने सोच अहिले पनि छ ।बच्चाले आफ्नो आमाबाबुले भनेको कुरा मानिदियोस भनेको जति खाईदियोस,विद्यालयबाट घर फर्किएपछि किताब लिएर पढिरहोस,झगडा नगरोस,मिठो बोल्दियोस अर्थात अझै भनौ बच्चाले आमाबाबुले उठ भने उठ र बस भने बस भने मात्रै असल र ज्ञानी भएको सोच्छौँ ।
यी कुरा नमानेको खण्डमा बालबालिकालाई पिट्ने,गाली गर्ने,थर्काउने र डर देखाउने गछौँ ।के यसो गर्दा तपाईका बच्चाले मानेका छन त,एक पटक सोच्नुहोस त । बच्चालाई ज्ञानी र असल बनाउने नाममा गरिएको तपाई हाम्रो गतिविधिले बालमष्तिकष्कमा कस्तो असर परिरहेको छ तपाई हामीले कहिले सोचेका छौँ ?
हुन त आफ्नो बालबालिकालाई पिट्ने वा सजाय दिने कुनै पनि आमा बुबाको मन हुदैन । मन नहुँदा नहुँदै पनि पिट्ने वा सजाय दिन उक्साउने हाम्रो भित्री सोचलाई कसरी बदल्ने ?बाल्यकालमा भोगका वा देखेका कुराहरुले मानिसको जीवनलाई प्रभावित पारिरहेको हुन्छ ।बच्चा कस्तो संस्कार र परिवारमा हुर्केको हो,जस्तो संस्कार र परिवारमा हुर्केको हो उसले गर्ने व्यवहारनै उस्तै हुन्छ । बाल्यकालमा मायाँ पाएको बालबालिकाले मायाँ नै बाड्न जान्दछन भने दुव्यर्वहार अर्थात झगडा भईरहने परिवारमा हुर्केको बच्चा पछि गएर यस्तै व्यवहार देखाउने हुन्छन।
बालबालिकाहरुलाई पिटेर न त अनुशासित बनाउन सकिन्छ न त आचरण सिकाउन सकिन्छ । पिटाईको साटो यस्तो उपाय गरेर बालबालिकालाई असल व्यवहार बनाउन सकिन्छ ।
अभिभावकले खेल्नुपर्ने भुमिकाहरु यस प्रकार छन् ,
१, बालबालिकालाइ समय दिनुहोस
बालबालिकासँग जति नजिक भयो उति नै उनीहरुको भावना बुझ्न सजिलो हुन्छ ।उनीहरुको प्रत्येक गतिविधि हेर्न सकिन्छ।बालबालिकाको विचार,अभिव्यक्ति आमाबुबाले ध्यानपुर्वक सुन्नुपर्छ ।बालबालिकाले के भनिरहेका छन्,के कुराको अभाव भएको छ,उसका साथिहरुले कस्तो व्यावहार गरेका छन्।विद्यालयमा शिक्षकहरुले कस्तो सोचिरहेका छन्,उनीहरुलाई कस्तो चिज खान मन लागेको छ र उनीहरुलाई कहाँ जान मन लागेको छ सबै थाहा पाउन सकिन्छ । बालबालिकालाई आमाबाबु बाहेक संसारमा अरु कोहि पनि ठुलो लाग्दैन । अप्ठेरो पर्दा विश्वासिलो र संरक्षण गर्न सक्ने भनेको नै आमाबाबु हुन् भन्ने सोचेका हुन्छन्।त्यसैले आफ्ना नानिबाबुहरुसँग जति धेरै समय विताउनुभयो त्यती नै उनीहरुको भावना बुझ्न सजिलो हुन्छ।दिनभरी अफिसमा वा खेतबारीमा काम गरेर बेलुका घरमा आउनुभएको छ भने पनि नानीबाबुसँग एकैछिन बसेर हालखबर सोध्ने बानीको विकास गर्नुहोस ।
२,बालबालिकासँग साथी बन्नुहोस वा खेल्नुहोस
आफ्ना नानीबाबुलाई साथीको रुपमा स्वीकार गर्नुपर्छ । जबसम्म बच्चा बच्चै हुन्छन भनेर सोचिन्छ वा व्यवहार गरिन्छ । त्यसले हामी आफैलाई समस्या बनाउछ ।उनीहरुसँग कुरा गर्नुपर्छ ताकि तिनले पनि धेरै कुरा थाहा पाउन सकुन्। उसका व्यक्तिगत कुरालाई ध्यान दिनुपर्छ ।तिमीलाई अप्ठेरो परेको बेलामा सहयोग गर्ने म छु नि भन्ने कुराहरु बेलाबेलामा भनिरहनुपर्छ ।नानिबाबु भनेको कति कुराहरु सही हुन पनि सक्कछन्। उनीहरुका कुरालाईपनि मान्नुपर्छ । समय मिलाएर उनीहरुँग खेलिदिने,चित्र कोर्ने,बगैँचातिर घुम्न जाने,गीत गाउने वा सुन्ने,दन्त्य कथाहरु सुनाउने गर्नुपर्छ ।तपाईलाई मनैदेदेखि मन पराएको वा विश्वास गरेको छ भने बालबालिकाले कहिल्यै नराम्रो काम गर्दैनन् ।तपाईको बोली नाघ्दैनन। किनकी बालबालिकालाई तपाईसँगभएको सम्बन्ध विग्रने डर हुन्छ उनीहरुलाई ।
३, बालबालिकालाई सजाय वा गाली गर्ने नगर्नुहोस्
आफ्ना बालबालिकालाई पिटेर वा सजाय दिएर अधिनमा राख्छु भन्ने सोच राख्नुभएको छ भने त्यो सोच आजैबाट हटाउनुपर्छ । पिट्नु वा पिटाई खानु भनेको समस्याको समाधान होईन । यसले त बालबालिकालाई झन् आक्रामण गर्ने अनि घमण्डी हुन सिकाउँछ ।
बालबालिकालाई पिट्दा एकछिन माने जस्तो गरेपनि यसले पछिसम्म असर पुर्याउछ ।तपाईले दिएको सजाएका कारण बालबालिका तपाईले सोचेको भन्दा ठिक उल्टो अर्थात नराम्रो बाटोतिर लागे भने वा उनीहरुले रिस पोख्न अन्य विकल्पहरु खोजे भने त्यसले तपाईलाई नै समस्या पर्छ ।बालबालिकालाई दिईने शारीरिक तथा मानसिक दुवै सजायले उनीहरुको शरीर र मन दुवैमा पीडा दिन्छ।यसो गर्दा उनीहरु अपमानित,असुरक्षित भएको,माया गर्ने कोहि पनि छैनन भन्ने सोच्छन् । त्यसैले अभिभावहरुले सजाय दिने भन्दा पनि त्यसका विकल्प खोज्नुपर्छ । बालबालिकालाई अहिले हामीले जस्तो व्यवहार गरेका छौँ पछि उनीहरुले गर्ने व्यवहार पनि उस्तै हुन्छ ।
४.आफ्ना बालबालिकाको प्रशंशा गर्नुहोस
प्रशंशा भनेको यस्तो चिज हो जसले व्यक्तिको कार्यक्षमता बढाउछ वा एक किसिमको शक्ति नै पैदा गर्छ । प्रशंसाले व्यक्तिको आत्मविश्वास बढाउँछ । आफ्ना बालबच्चाले गरेका सानो सानो कामलाई पनि धन्यवाद दिने वा प्रशंसा गर्नुपर्छ । ताकि उनीहरुलाई राम्रो गर्ने उत्प्रेरणा मिल्छ ।बालबच्चाले गरेको राम्रो कामको विषयमा पनि अरुको अगाडी कुरा गर्नुहोस ।उनीहरुले पनि आफ्ना राम्रा कुराहरुको बारेमा अरुको अगाडी भनेको सुन्न चाहन्छन् ।जसले गर्दा बच्चाले राम्रो बानी र कामलाई अनुसरण गर्छन ।समय समयमा बालबच्चाले राम्रो काम गरेबापत पुरस्कार दिने गर्नुहोस । पुरस्कृत गर्दा कुन काममा के गरे बापत दिएको हो भनेर स्पष्ट पार्नुपर्छ । साना साना बालबालिकाले गरेका उपलब्धीमा पनि खुसि हुने, पुरस्कार दिने प्रशंसा गर्ने गर्नुपर्छ। यसो गर्दा बालबालिकाहरु खुशी हुन्छन् ।
५,बालबालिकासँग बढी अपेक्षा नराख्नुहोस
तपाईका बालबालिकासँग बढी अपेक्षा नराख्नुहोस ।बढी अपेक्षा गर्नुभयो भने बच्चाले गरेको काममा तपाई सन्तुष्ट हुन सक्नुहुन्न । मेरो बच्चाले यति गर्न सकिहाल्छ नि,खाना आफैँ खान सकिहाल्छ नि,अक्षर राम्रो बनाउन सकिहाल्छ नि,यति कुरा पनि यसलाई थाहा हुदैन र भन्ने जस्तो कुरा नसोच्नुहोस ।गर्भमै जानेर वा बुझेर कोही पनि आएका हुदैनन् । हामी हुर्केको समाज र परिवारमा भरपर्छ,बच्चा कस्तो परिवारमा र समाजमा हुर्केको हो भनेर । बच्चाहरुका अगाडी तपाई आफु नै नमुना व्यक्ति बनेर देखाउने कोशिस गर्नुहोस ।
राम्रो काम गर्दा स्यावासी दिनुहोस्,अंकमाल गर्नुहोस,कुनै पनि काम गर्नु अगाडी यसरी गर्नुपर्छ,बिग्रीयो भने त्यसको नतिजा यस्तो आउछ भने सबै कुरा बताउनुहोस्। बच्चालाई यो काम गर्नु हुँदैन भन्नु पनि यसरी गर्दा कस्तो हुन्छ उसको भावनालाई बुझ्नुहोस्।
६.तपाईको बच्चालाई अरुसँग तुलना नगर्नुहोस्
आफ्नो बच्चालाई कहिल्यै पनि अरुसँग तुलना नगर्नुहोस । कुनै काम विगार्यो भने वा पढेन भने गाउँकै फलानाको छोराछोरी जस्तो हुने भयो भनेर कहिल्यै पनि तुलना गर्नुहुदैन। अनि फलानाका छोराछोरी जस्तो हुने भयो भनेर कहिल्यै पनि तुलना गर्नुहुदैन । अनि फलानाका छोराछोरी फष्ट भयो मेरो चाँहि किन नहुने भन्ने कुरा पनि गर्नुहुदैन । किनकि स्याउको स्वाद स्याउमै हुन्छ,सुन्तलामा हुदैन। प्रत्येक व्यक्ति कुनै न कुनै विषयमा जान्ने हुन्छन्। कोही पढ्नमा अगाडि हुन्छन् । कोही चित्र कोर्नेमा । कसैलाई गणित विषय आउछ त कसैलाई अग्रेजी।यसको मतलब तपाईको बच्चा पनि कुनै एक कुरामा अगाडि छन् तर तपाईले पहिचान गर्न सक्नुभएको छैन ।
हामीले जे रोपेका छौँ त्यही फल्ने हो । आफ्नो बच्चालाई तेरो उमेरमा त म एक भारी घाँस काट्थे,खाना पकाउँथे,लुगा धुन्थे जस्ता कुरा गरेर बालबालिकालाई दबाब नदिनुहोस्। किनभने तपाइले सानो बेलामा गरेको काम तपाईको बच्चाले थाहा पाउन सक्दैनन् ।
७. बच्चा भएर सोचौं
स्वभावैले बालबालिका चकचके हुन्छन् । उनीहरु नयाँ कुरा सिक्न चाहन्छन् । नयाँ काम गर्न चाहन्छन््। आफुले भनेको काम गर्न चाहन्छन् । उनीहरुले गर्ने प्रत्येक काम नराम्रो देख्नु हुदैन । किनकी उमेर अनुसार बालबालिकाहरुले गर्ने व्यवहारहरु फरक हुन्छन्।बालबालिकाले गर्ने व्यवहारलाई सहज रुपमा लियौं भने उनीहरुको बानी,व्यवहार अनि व्यक्तित्वलाई अवलोकन गर्न सक्यौँ भने वा आफुलाई बच्चा भएर सोचौ भने तपाई हामीले बालबालिकालाई गर्ने व्यवहारमा फरकपन आउन सक्छ ।
बालबालिकाले यो कुरा ठिक वा बेठिक भनेर छुट्याउन सक्दैनन् । उनीहरुले जुन व्यवहार गरिरहेका छन् । त्यो कुरा उनीहरुको लागि ठिक लागेर गरेको पनि हुन सक्छ । तपाई हामिले पनि बच्चा बेलामा गरेको कतिपय कुराहरु सम्झियौँ भने अहिले आएर त्यो बेलामा यस्तो गल्छि गर्नु हुदैनथ्यो भन्ने लाग्छ ।के हामीले त्यो बेलामा ठिक बेठिक छुट्याउन सकेका थियौँ त ?पक्कै पनि थिएनौ किनकी हामी पनि त्यो बेलामा बच्चा थियौँ । बच्चा भएकै कारण हामीले गल्ती गर्ने छुटका रुपमा लिएका थियौँ । तर आज आएर हामीले बच्चा बेलाको समय बिर्सियौँ । बच्चा बेलामा हुने भावनात्मक कुराहरुलाई सम्झियौँ भने आजकै दिनदेखी तपाईको सोच फरक आउन सक्छ ।
बालबालिकाको उमेर र उनीहरुको क्षमता अनुसार कामको जिम्मेवारी दिनुपर्छ ।उनीहरुले गर्न सक्ने काम लगाउँदा उनीहरुमा नेतृत्व लिन सक्ने क्षमता बढ्छ । बच्चाहरुको व्यवहार देखेर तपाई नलिनुहोस्। बलबालिकाको व्यवहारलाई एकै चोटी बदल्ने प्रयास पनि गर्नुहोस । किनकी व्यवहार एकै पटक परिवर्तन गर्न खोजेर हुने विषय होईन । तर प्रयास चाँहि गर्नुहोस ।
नोटः केहि बर्ष अघि प्रकाशन गरीएको उक्त लेख समय सान्दर्भिक सोचेर पुनः प्रकाशन गरेका छौँ।स–
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |