धादिङ,१९ कात्तिक
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई टेलिभिजन सहयोग गरिएको छ । कारागार परिसरमा आयोजित कार्यक्रमका बीच नीलकण्ठ नगरपालिका वडा नंम्बर १० टारीबासी निवासी शिव पाठकले कारागारका जेलर धनीराम शर्मालाई टेलिभिजन हस्तान्तरण गरेको हो ।
दश वर्षदेखि वैदेशिक रोजगारमा रहेका पाठकले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको उपस्थितिमा कैदीबन्दीलाई सामग्री प्रदान गर्नुभएको हो । कैदीको माग बमोजिम नै एक सेट टेलिभिजन सहयोग गरेको जेलर धनीराम शर्माले बताउनुभयो । । ३० हजार मुल्य रहेको टिभी कैदीलाई सयोग गरिएको हो ।
जिल्ला कारागारको क्षमताभन्दा धेरै कैदीबन्दी रहेका छन् । हाल कारागारमा ३ सय ६ जना बन्दी रहेका छन् । जसमा २ सय ८५ जना पुरुष र २१ जना महिला रहेको जेलर धनीराम शर्माले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |