काठमाडौँ,१८ मंसिर ।
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार १६४ स्थानको मतगणना सम्पन्न भएको र दोलखाको मतगणना जारी छ ।
आयोगका अनुसार कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै, दोस्रो स्थानमा ४४ सिटसहित एमाले, १७ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेकाे एकीकृत समाजवादीले १० सिट ल्याएको छ भने राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सात-सात सिट ल्याएका छन् ।
यस्तै, अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले एक-एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |