धादिङ,२४ पुस
एकै दिन माओवादी केन्द्र निकट पाँच संघसंगठनले जिल्ला अधिवेशन सम्पन्न गरेको छ । शनिवार धादिङबेसीमा एक कार्यक्रमका बिच माओवादी निकट संघ संगठनको अधिवेशन सम्पन्न गरेको हो ।भेलाले नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति धादिङको सातौं जिल्ला अधिवेशनबाट कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
त्यस्तै प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति धादिङको प्रथम जिल्ला अधिवेशनले डा.रामचन्द्र रिजालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन स्वायत्त जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा रन्जु ढुंगाना चयन हुनुभएको छ । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन धादिङ जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा ब्रजेश तामाङ चयन हुनुभएको छ ।
यस्तै जनसेवक बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका ३, धादिङको अध्यक्षमा बिष्णु रिजाल चयन हुनुभएको छ ।सहकारीले माओवादी समर्थक कर्मचारीहरुबीच बचत संकलन र ऋण लगानीको काम गर्दै आएको छ । कार्यक्रममा माओवादी केन्द्रका नेताहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |