धादिङ,२९ माघ ।
रोटरी क्लब अफ नारायणी मिडटाउनले स्थानियलाई पुर्सु खानेपानी आयोजना हस्तान्तरण गरेको छ । एक करोड ८५ लाख लागतमा सम्पन्न भएको पुर्सु खानेपानी एक कार्यक्रम बिच शनिवार स्थानीयलाई हस्तान्तरण गरिएको हो।
रोटरी क्लब र ज्वालामुखी गाउपालिकाको संयुक्त सहयोगमा भएको खानेपानी आयोजनाबाट वडा नम्बर ४ का २ सय ५० घर धुरिका १२ सय ५० जना लाभान्वित भएकाछन् ।
घर घरमा पानीको धारा आएपछि धादिङको ज्वालामूखी गाउँपालिका ४ का स्थानीयबासी खुसी भएका छन् ।खानेपानी लिनको लागि ४ घण्टा लाईन बस्नु पर्ने पुर्ण प्रसाद नेपाल घरमै खानेपानीको धारो आए पछि निकै खुसी देखिन्छन् ।खानेपानीको सुविधा भएपछि गाउँको स्वरुप नै फेरिए जस्तो लागेको उहाँले बताउनुभयो । रातीको १२ बजे पनि एक गाग्री पानी लिन जादाँको दुःख, कहिले त पालो नपाएर १/२ घण्टा कुर्नु पुथ्र्याे । अहिले आँगानमा झरेको स्वच्छ खानेपानीले खानको लागि मात्र नभएर उहाँले करेसा बारीलाई पनि हराभरा बनाउनु भएको छ । घरमा पानीको धारो आएपछि घरको अन्य काममा ५० प्रतिशत सहयोग पुगेको स्थानीय ज्ञान नारायण श्रेष्ठले बताउनुभयो ।
वर्षाैदेखि खानेपानीको समस्या थियो । उहाँ भन्नुहुन्छ–“रातको समयमा डर लागि लागि पानी लिन जानु पथ्र्याे । खानेपानीकै लागि धेरै समय खर्च हुन्थ्यो । तर अहिले घरमै धारो छ । समयको पनि बचत, दुःख पनि कम भएको छ ।”खानेपानी आयोजना सम्पन्न गर्नु ठूलो कुरा होइन ।सहज र निरन्तर रुपमा भोलिका दिनमा खानेपानी व्यवस्थापन गर्न ध्यान दिन आवश्यक रहेको संघिय सांसद रामनाथ अधिकारीले बताउनुभयो ।स्थानियले चासो देखाए आगामी दिनमा उनीहरुको लागि आवश्यक सहयोग गर्ने अधिकारीले बताउनु भएको छ ।
यस्तै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले खानेपानीको मुहानमा समस्या आए स्थानीय सरकारले जिम्मा लिने र खानेपानी उपभोक्ता समितिले समयमै जानकारी गराउन र संरक्षणमा गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ । रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष स्वेता उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको खानेपानी हस्तान्तरण कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |