धादिङ,७ चैत
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैशाख ८ र ९ गते सम्म ढोलामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ ।ढोला स्वास्थ्य चौकीमा बैशाख ८ र ९ गते सम्म सुरु हुने शिविरमा डेन्टल रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ,छाला रोग विशेषज्ञ,जनरल सर्जन, जनरल फिजिसियन जस्ता सेवा प्रवाह हुने अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो।
शिविर बिहान ९ बजेदेखी अपराह्न ५ बजे सम्म सन्चालन हुने हुँदा स्वास्थ्य समस्या भएका ज्वालामुखी गाउँपालिकाका नागरिकहरुलाई सेवा लिनको लागि अन्तराष्ट्रिय धादिङ समाजले आग्रह गरेको छ।धादिङबाट विभिन्न पेशा,व्यावसाय तथा रोजगारी गर्न परदेश गएकाहरुको साझा गठनको रुपमा स्थापित अन्तराष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |