धादिङ,७ बैशाख
माग पुरा नभए काठकाण्डौको फोहोर फाल्न नदिने धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको चेतनावनी दिएको छ । धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी काठमाडौं महानगरलाई १५ दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ।
दुवै स्थानीय तहको कार्यपालिकाको बैठकले १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने निर्णय गरेको जनाइएको छ। उनीहरूले भनेका छन्, “मागहरू १५ दिन भित्र पूरा नभएमा दुवै स्थानीय तहको कार्यपालिकाको बैठकले निर्णय गरी फोहोरको ढुवानी बन्द गराइनेछ।”
ककनी र धुनिवेशीका जनप्रतिनिधिको बैठकले ६ बुँदे माग राखेको छ। जसमा यअसघि काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।
त्यस्तै, फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |