१७ वैशाख, काठमाडौं
सत्यवती आल्मुनाई एसोसिएन नेपाल ९सान नेपाल०को अध्यक्षमा सुदर्शन खतिवडा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो महासभाले खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा प्रल्हाद लामिछाने र इन्दिरा अधिकारी, महासचिवमा रामचन्द्र पोखरेल, कोषाध्यक्षमा राममणि खतिवडा र सचिवद्वयमा जनक श्रेष्ठ र अप्सरा पण्डित निर्वाचित हुनुभएको छ ।
कार्यसमितिको सदस्यहरूमा रोशन गिरी, दिपक खतिवडा, चन्द्रावती खतिवडा, प्रमिला अधिकारी, पार्वती खतिवडा, नारायण श्रेष्ठ, पुरुषोत्तम खतिवडा र विष्णु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।अध्यक्ष खतिवडा २०५७ मा सत्यवतीबाट एसएलसी उत्तीर्ण विद्यार्थी समेत हुनुहुन्छ । अनलाइनखबरका विचार सम्पादक रहनुभएका खतिवडा सामुदायिक रेडियो प्रसारक संघ (एकोराब)को सचिव पनि हुनुहुन्छ । दुई दशकदेखि पत्रकारितामा सक्रिय खतिवडा पत्रकारिता विषय प्राध्यापन पनि गर्नुहुन्छ ।
सान नेपाल सिद्धलेक गाउँपालिकाको आदमटारमा अवस्थित सत्यवती उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण भएका पूर्वविद्यार्थीहरूको संस्था हो । उक्त विद्यालयमा २०४९ सालबाट प्रवेशिका परीक्षा सुरु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |