धादिङ,३१ बैशाखा
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित लामागुरु माध्यमिक विद्यालयमा दुई दिने निःशुल्क दन्त शिविर तथा महिनावारी समस्या सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।रोट्रयाक्ट क्लब अफ कान्तिपुर डेण्टल कलेजको आयोजना,रोटरी क्लब अफ धादिङ तथा रोटरी क्लब अफ काठमाडौं नर्थको सहयोगमा बैशाख २९ र ३० गते दुई दिने निशुल्क दन्त शिविर तथा महिनावारी समस्या सम्बन्धि प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको हो ।
डा. करुणा भण्डारीको नेतृत्वमा रहेको १५ जना डाक्टरहरुको टिमले विद्यालयका विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण तथा औषधी वितरण गरीएको थियो ।निशुल्क दन्त शिविर,स्टेसनरी वितरण तथा महिनावारी समस्या सम्बन्धि प्रशिक्षण कार्यक्रममा रोटरी क्लब धादिङका अध्यक्ष रो.रोहित भण्डारी, वडा नम्बर २ का अध्यक्ष ध्वज बहादुर गुरुङ, रोटरी क्लब धादिङका पुर्व अध्यक्ष अशोक कुमार बस्नेत, सचिव बिष्णु कुमार श्रेष्ठ तथा रो.राजाराम सिलवाल सहितको आतिध्यता रहेको थियो ।
पहिलो दिन शिक्षक सहित आधारभुत तहका सम्पूर्ण विद्यार्थीको दन्त परिक्षण , उपचार तथा स्टेसनरी वितरण भएको कार्यक्रम सम्पन्न भएको थियो ।दोश्रो दिन माध्यमिक तहका सम्पूर्ण विद्यार्थीको दन्त परिक्षण,उपचार तथा छात्राहरुलाई महिनावारी शिक्षा , स्यानेटरी प्याड वितरण लगायतको कार्यक्रम रहेको थियोे । दाँत र आँखा जोगाउन कितावी ज्ञान मात्रले नपुग्ने हुनाले पोषण चिनेर खान उचित शिक्षा जरुरत भएको र स्थानीय स्तरमा थुप्रै पौष्टिकताले भरिपुर्ण खाद्य उत्पादनका लागि विद्यार्थीलाई प्रयोगात्मक शिक्षा समेत दिन ढिलाइ भैसकेकोले अब विद्यालय तहबाट यस्ता कार्यक्रमको सुरुवात गर्नुपर्ने भन्दै रो. अशोक कुमार बस्नेतले सहजीकरण गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |