धादिङ,२ जेठ
नीलकण्ठ नगरपालिका–३ धादिङबेशी स्थित मदन आश्रित भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङको ३४ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बिहान १०ः ३० बजेदखि दिउँसो ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा ५१ ज्ना पुरुष र ६ जना महिला गरी ५७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |