धादिङ,१० जेठ
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित सितलबजार खण्डको मुल सडक तत्काल बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सितलबजार खण्डको मुल सडक विगत ५-६ वर्षदेखि जोखिमपूर्ण अवस्थामा रहिआएको र त्यसलाई मर्मत तथा पुननिर्माण गर्न सम्बन्धीत निकायहरुलाई पटक पटक प्रस्ताव पेश गर्दा वेवास्ता गरेको हुँदा त्यसबाट हुनसक्ने जनधनको क्षतिको मध्यनजर गर्दै स्थानीय जनसमुदाय, विभिन्न संघ संस्था, टोल विकास संस्था लगाएत सबै टोलवासीहरुले हस्ताक्षर गरि प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरे, जिल्ला समन्वय समिति प्रमुख र नीलकण्ठ नगरपालिका प्रमुखलाई ध्यानाकष्र्ण पत्र बुझाएको हो । प्राविधिकले लापर्वाहि गर्दा समस्या आएको स्थानीयको गुनासो छ ।
सडक भासिदा सवारी आवातजावत समस्या त छदैछ बस्ती समेत जोखिममा रहेको हुनाले पहिलाको ग्याबिङ जाली हटाई पुनः सडक निर्माण गर्न माग गरिएको स्थानीय गिताबल्धब सापकोटाले बताउनुभएको छ ।त्यस्तै उक्त मागलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले समन्य समितिको बैठकमा कुरा उठाएर अघि बढ््ने बताउनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |