धादिङ । ज्वालामुखी गाउँपालिकाले गाउँपालिका स्तरीय ३ दिवसीय उद्धघोषण तथा प्रभावकारी भाषण कला सम्बन्धि तेस्रो चरणको तालिम संचालन गरेको छ। गाउँपालिकाको आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत महिलाहरुको लागि तेस्रोे चरणको तालिम आज देखि सुरु गरेकोे हो ।
गाउँपालिकाले उद्धघोषण तथा प्रभावकारी भाषण कला तालिमको पहिलो र दोस्रो चरणको तालिम सम्पन्न गरेसँगै आजदेखि तेस्रो चरणको तालिम संचालन गरेको हो । महिलाहरुलाई बोल्ने कलाको विकास गर्न, आफुमा भएको ज्ञान, सिप र क्षमतालाई मासमा प्रस्तुत गर्न, आफ्नो कुराहरु औपचारिक कार्यक्रममा राख्न सजिलो बनाउनको लागि तालिमको आयोजना गरेकोे गाउँपालिकाको प्रशासन शाखा अधिकृत अनिता छत्कुलीले बताउनुभयो ।
गाउँपालिका भित्रका ६४ जना महिलाहरुको सहभागिता रहेको तालिमको अर्जुन अधिकारीले सहजिकरण गर्नुभएको छ ।
गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा संचालन भएको तालिममा प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, प्रशासन शाखा अधिकृत अनिता छत्कुली, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडा लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |