धादिङ जिल्लामा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । भीएसओ र आसमान नेपालको साझेदारीमा बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन बालिकाहरुका लागि संचालन गरिएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले समाजमा शिक्षाबाट वंचित हुनुपरेका बालिकाहरुलाई सहयोग र बिचैमा बिद्यालय छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेलेको पाइएको छ।
आर्थिक, सामाजिक, शारीरिक समस्याले विद्यालय नजाने निर्णय गरिसकेका बालिकाहरुलाई बिद्यालय जाने बाताबरण बनाउन यो कार्यक्रमले सहयोग गरेको बिद्यार्थीहरुले बताएका छन् । बिहिबार शिक्षा पत्रकार समाजको आयोजनामा भिएसओ नेपाल र आसमानले संचालन गरेको बहिनी शिक्षाका लागि दिदि कार्यक्रमको प्रदेश स्तरिय सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा आफ्नो अनुभव सुनाउदै सिद्धलेक गाउँपालिकाकी अन्जना परियारले कक्षा ९ मा फेल भएपछि विद्यालय जान मननै नलागेको बेला गाउँकै एक जना ठूलिदिदि आउनुभयो । म भन्दा केही उमेर ठूलो भएको मानिसले आफूलाई धेरै पढेर मात्र सबैले मान्छन् भन्ने कुरा सम्झाउनुभयो। म फेरी विद्यालय गएर पढ्न थाले ।
४/५ दिनमा उहाँ आउदै मलाई हौसला दिनुहुन्थ्यो । अन्जनाले भनिन् ‘घरपरिवारको मान्छे भन्दा पनि मन पर्ने भएपछि उहाँलाई नै आफ्नो कुरा भनेर म पढ्न जाने र परिक्षामा समेत पास भएँ । अहिले म उच्च शिक्षा हासिल गर्दै छु ।” अन्जना एक प्रतिनिधि पात्र मात्रै हुन । उनको जस्तै विद्यालय छाड्ने सोचमा पुगेका धेरै बालिकाहरुमा बहिनी शिक्षाका लागि दिदि कार्यक्रमले भविष्यको लक्ष्य नै निर्धारण गरिदिएको बताएका छन्।
सिकाई आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमति प्रदेशको शिक्षा, स्वास्थ्य रकृषि समितिका सभापति घनश्याम दाहालले विद्यालय शिक्षामा विद्यालय छाड्नेहरुको दरसुन्य गर्नर विद्यालय जान नसकेकाहरुलाई विद्यालय जान उत्प्रेरित गर्ने यो कार्यक्रम प्रदेश सभाले निति बनाएर प्रदेश सरकारले अपनत्व ग्रहण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बालबलिका सम्बन्धी ऐन पारित गरिसकेकोले शिक्षामा सरकारले पर्याप्त लगानी गर्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै बागमती प्रदेशका सांंसद मिलन बाबु श्रेष्ठले आफ्नो पालिकाका शिक्षालाई कसरी अगाडि बढाउने भन्ने कुरामा ध्यान दिनका लागि स्थानिय पालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले यो परियोजना सकिएपनि सरकारले निति बनाएरबालिका शिक्षाका लागि लागुगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यो कार्यक्रम धादिङ जिल्लाको ५ पालिका नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी, गंगाजमुना र बेनिघाट रोराङ गाउँपालिकाभित्र सञ्चालन भईरहेको छ ।
बहिनी शिक्षाका लागि दिदि कार्यक्रमकी सानी बहिनी अनिशा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभाका शिक्षा,स्वास्थय तथा कृषी संसदिय समितिका सभापति घनश्याम दाहालको प्रमुख आतिथ्य रहेको थियो। बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठ,जिसस धादिङका प्रमुख जगन्नाथ नेपालको बिशेष आतिथ्य रहेको कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रदेश शिक्षा निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुईँटेल, नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी,गैसस महासङघ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल,बिभिन्न सङ्घसस्थाका प्रमुख तथा प्रतिनिधी तथा सञ्चारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |