धादिङ । नेकपा माओवादी केन्द्र नीलकण्ठ वडा न ६ को आयोजनामा सुनौला बजार देखि भैरवी मन्दिर सम्म दौड प्रतियोगिता सम्पन्न भएको छ ।
वडा कमिटिले दौड प्रतियोगिताको आयोजना गरि ३ महिने अभियानको उद्घाटन गरेको हो । माओवादी केन्द्र वडा कमिटिले भैरवी मन्दिर पर्यटन प्रवधनका लागी सहिद मुकुन्द सेन स्मृति दौड प्रतियोगता राखीएको बताईएको छ ।
दौड प्रतियोगितामा धादिङका सन्देश घले प्रथम, पावल तामाङ द्धितीय, राम घले तृतिय र रविन थापा सान्त्वना भएका छन् । विजेतालाई नगदसहित ट्रफी प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्रले जनता संग माओवादी रुपान्तरण अभियानको अवसरमा आयोजना गरेको प्रतियोगितामा बालकदेखि वृद्ध उमेरसम्मका २९ जना सहभागी थिए ।
नेकपा माओवादी केन्द्रका नेता दिपक विश्वकर्माको नेतृत्वमा उक्त वडामा ३ महिने अभियान संचालन हुदै छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |