धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले बजार अनुगमनको कार्यको सुरुवात गरेको छ । पालिकाको सदरमुकाम क्षेत्र साँधन्ज्याङ र हुलाक भन्ज्याङका बजार क्षेत्रहरुबाट बजार अनुगमनको कार्य सुरु गरिएको छ ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डितको नेतृत्वमा,बजार अनुगमन समितिका संयोजक सुजन श्रेष्ठ, अनुगमन समितिका सदस्यहरु,सुरक्षाकर्मी लगायतको टोलीले बजार अनुगमन गरेको हो । गाउँपालिका भित्र भित्रिने खाद्य वस्तुहरुको गुणस्तर,परिमाण र त्यसले सेवा ग्राहीमा पार्ने प्रभावहरुलाई अनुकुल बनाउनुका साथै अखाद्य वस्तुहरुको उपभोगलाई निरुत्साहित गर्नको लागि बजार अनुगमन सुरु गरिएको स्वास्थ्य संयोजक तथा बजार अनुगमन टोलीका संयोजक सुजन श्रेष्ठले बताउनुभएको छ । पालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।
अनुगमनको क्रममा खाद्यन्न तथा किराना पसल, होटल, फेन्सी पसल, तरकारी, फलफूल, मासु, मिठाई पसल, डेरी फार्मेसिहरुको दर्ता, नविकरण, गुणस्तर, आपूर्ति, मुल्य, नापतौलको परिक्षण गर्नुका साथै केही म्याद जुग्रेका केमिकल लगायतका सामाग्रीहरु जफत गरि नष्ट समेत गरिएको छ ।
मूल्य सूची, साइनबोर्ड, व्यवसायदर्ता तथा नविकरण लगायतका नियमहरु पुरा नगरेका पसलहरुलाई तोकिएको समयभित्र पालिकामा उपस्थित भई निर्देशन पालना गर्न आग्रह समेत गरेको छ । गाउँपालिकाले बजार अनुगमन कार्यविधि २०८० स्वीकृत गरे बमोजिम बजार अनुगमन टोली गठन गरि मंगलबार देखि बजार अनुगमन थालेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |