धादिङ । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले रि गाउँको पहिरो विस्तापितहरुलाई राहत बितरण गरेको छ । बिहिबार गंगाजमुना गाउपालिका वडा न १ रि गाउँ पुगेर रेडक्रस धादिङले ५३ घर धुरीलाई नगद १५ हस्तान्तरण गरेको हो । सोहि समारोहमा जिल्ला विपद ब्यवस्थापन समिति बाट १ थान त्रिपाल समेत हस्तान्तरण गरिएको थियो ।
साउन २९ गते परेको अविरल वर्षाले गाउँमाथिको जमिन भासिन थालेपछि रि गाउँका स्थानियहरु आफु बसेको घरगोठ छोडी अन्यन्त्र सुरक्षित स्थानमा अस्थाई बसोबास गर्दे आएका छन् । बच्चा बच्चीहरु छन्, सुत्न डर लाग्छ, रि गाउँका पहिरो विस्तापितहरु अहिले पनि ढुक्क सग बस्न अवस्था नभएको अनिता तामाङ बताउछिन् । रेडक्रसको यस किसिमको सहयोगले पहिरो विस्तापितहरुलाई ठुलै सहयोग पुगेको गंगाजमुना गाउपालिका वडा न १ रि गाउँका स्थानिय उषा तामाङ बताउँछन् । स्थानियहरुले हाल उक्त स्थानमा बस्न योग्य हो या होईन चाडो निर्कोल हुनुपर्ने बताएका छन् । पहिरो विस्थापितहरु नगद र त्रिपाल बुझेपछि खुसी देखिन्थे ।
पहिरोबाट बिस्तापित परिवारहरुलाई नगद तथा गैह्र खाद्य सामाग्री बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रे,जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा रेडक्रस धादिङका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित बक्ताहरुले भुगर्भविद्को अनुगमन पछि आएको रिपोर्ट हेरेर प्रतिवेदनको आधारमा बस्न अयोग्य ठहरिएमा स्थानीय, प्रदेश र संघीय सरकार मिलेर दीर्घकालिन रुपमा सुरक्षीत स्थानमा बस्ति स्थानान्तरण गरिने बताएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |