धादिङ,१९ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ स्थित सांकोष माध्यामिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतको नियमित कार्यक्रम अनुसार हाजिरी जवाफ प्रतियोगता गरिएको हो । प्रतियोगितामा ६ देखि ८ कक्षा सम्मका ८ समुह र ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुबाट ८ समुहको सहभागिता रहेको थियो ।
निम्न माध्यामिक तह (६–८) तर्फ त्रिशुली समुहबाट सदिक्षा सापकोटा, सन्दिपा सापकोटा, रोजिना गिँदेल ९२ अँक ल्याउदै प्रथम, गण्डकी समुहबाट चेतकुमारी सारु मगर रोजिना गुरुङ, अर्पना पौडेल ४८ अँक ल्याउँदै द्धितिय र कोशि समुहबाट सिरिसा गिदेल मगर, खुस्बु थापा, अनुस्का मगर तृतिय भएका छन् ।त्यसैगरी माध्यामिक तह (९–१२) तर्फ मनास्लु समुहबाट करुणा गुरुङ, प्रमिला गुरुङ, आशिका गुरुङ, सुस्मिता विक ८८ अँक ल्याउंदै प्रथम, एभरेष्ट समुहबाट सरीता रोक्का, सुकमाया गुरुङ, तिलक गुरुङ, सविना विक ७६ अँक ल्याउदै द्धितिय, मकालु समुहबाट सलिना गुरुङ, सरोज पौडेल, सुवेक्षा श्रेष्ठ, भगवती नगरकोटी ६४ अंक ल्याउँदै तृतीय हुनुभएको विद्यालयका सुचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिनुभयो ।
निम्न माध्यामिक तर्फ रेगन श्रेष्ठ र माध्यामिक तह तर्फ उमेश श्रेष्ठ संयोजक रहनुभएको थियो । हाजिर जवाफ प्रतियोगिता कार्यक्रम विद्यालयका शिक्षक नविन श्रेष्ठले संचालन गर्नुभएको थियो ।प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक खेसर प्रसाद काप्रीले स्टेसनरीबाट पुरस्कृत गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |