धादिङबेशी । धादिङ्ग जिल्लाको सदरमुकाम अवस्थित बाल मन्दिर माध्यमिक विद्यालयले बुक लेस फ्राई डे अन्तर्गत भेषभुषा प्रदर्शन तथा फुड फेस्टिभल गरी मनाएको छ ।
विद्यालयमा धेरै सम्प्रदाय, जात,जाती,धर्मका विद्यार्थीहरु रहेका र उनीहरू मध्ये धेरैले आफ्नो भेषभुषा बिर्सिसकेको हुनाले आफ्नो संस्कृति र भेषभुषा जोगाउनका निमित्त उक्त कार्यक्रम सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर राउत बताउनु भयो । कार्यक्रममा विद्यालयमा अध्ययनरत हरेक विद्यार्थी आफ्नो आफ्नो भेषभुषामा आई आफ्नो सम्प्रदायको नृत्य समेत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा फुड फेस्टिभल समेत आयोजना गरिएको थियो । विद्यार्थीले ९ ठाउँमा खानाका परिकारका स्टल राखेर थोरै पैसामा धेरै खानेकुरा वितरण समेत गरेका थिए ।
जिन्स प्यान्ट र मिनी स्कटमा सजिन थालेको हाम्रो समाजमा बाल मन्दिर माध्यमिक विद्यालयले गरेको यो भेषभुषा प्रदर्शन तथा फुड फेस्टिभल एकदमै सरहानिय छ । अन्य विद्यालयले पनि आफ्नो संस्कृति वचाइराख्न यस्तै किसिमको कार्यक्रम गर्न जरुरी देखिन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |