धादिङ,२१ असोज
गोदार थापा सेवा समाज धादिङको पहिलो बैठक तथा भेला थाक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलोमा सम्पन्न भएको छ । शनिवार गोदार थापा सेवा समाज धादिङका अध्यक्ष कृष्ण बहादुर गोदार थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा महत्वपुर्ण निर्णय समेत गरेको छ । धादिङ जिल्लाभर छरिएर रहेका गोदार थापाहरुलाई एकत्रित बनाई बंशावली खोजि गर्ने उदेश्यले गोदार थापा सेवा समाज धादिङको गठन गरीएको सचिव रामकुमार थापाले जानकारी दिनुभयो ।
बैठकले गोदार थापा सेवा समाज धादिङलाई दर्ता गरी बैधानिक रुपमै सन्चालन गर्ने निर्णय समेत गरेको छ ।बैठकले पालिका स्तरमा गोदार थापा सेवा समाज गठन गर्ने,जिल्लाको कार्यालय जुँगेखोलामा राख्ने,कृषि विकास बैंकमा खाता सन्चालन गर्ने समेत निर्णय भएको छ । गोदार थापा सेवा समाजमा शनिवार १० हजार ५० रुपैँया समेत संकलन गरीएको छ । गोदार थापाहरुले मान्दै आएको बाह्र मष्ट कुलदेवता,कालरात्री लगायतको पुजा विधीलाई एकत्रित बनाउने समेत निर्णय भएको छ । जिल्लाभर रहनुभएको गोदार थापा बन्धुहरुलाई गोदार थापा सेवा समाजमा आवद्ध हुन समाजले आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |