धादिङ,९ मंसिर
हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँदै आएको लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान नीलकण्ठ नगरपालिकामा आजदेखि सुरु भएको छ ।महिला बालबालिकामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण गर्न एक भएर लगानी गरौँ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा मनाइन लागिएको हो ।
नेपालमा भने यस वर्षको नारा लैँगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानी ऐक्यबद्धता रहेको छ ।नीलकण्ठ नगरपालिकाको आयोजना र सरकारी तथा गैर सरकारी संघ संस्थाको साझेदारीमा १६ दिने अभियान सुरु भएको छ । आजबाट सुरु भएको कार्यक्रममा प्रत्येक दिन भिन्न भिन्न कार्यक्रम गरेर मनाईने नीलकण्ठ नगरपालिकाका महिला निरिक्षक अधिकृत निर्मला केसीले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,भुमि आयोगका अध्यक्ष कृष्ण अर्याल,प्रहरी प्रमुख गौतम मिश्र,सामाजिक विकास शाखाका चिनामायाँ श्रेष्ठ, कार्यपालिका सदस्य राम्री नेपाली लगायत सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पुछारबजार देखी सुरु भएको प्रभातफेरी सिरानबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,सामाजिक विकास शाखाका चिनामायाँ श्रेष्ठ र अधिकारकर्मी राधिका सापकोटाले सम्बोधन गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |