धादिङ,१४ मंसिर ।
नीलकण्ठ नगरपालिकाले शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि २०८० कार्यान्वयनका लागि प्रधानाध्यापक अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ। विद्यालय शिक्षामा नवप्रवेशी शिक्षकहरुका लागि विषय सम्बद्ध आधारभूत शैक्षणिक सीप विकासका लागि हालै संघीय सरकारले जारी गरेको कार्यविधी कार्यान्वयनका पहिलो चरणको अभिमुखीकरण संचालन गरेको हो ।सोहि पदमा ७ बर्ष काम गरेका शिक्षकहरुबाट नवप्रवेशी शिक्षकहरुलाई तालिम सन्चालन गरीएको हो । संघीर सरकारले पाईलट फेजको रुपमा सुरुवात गरेको ५० वटा स्थानीयत तह मध्ये धादिङको नीलकण्ठ नगरपालिका एक रहेको शिक्षा अधिकृत प्रकाश दत्त भट्टले जानकारी दिनुभयो ।शिक्षक सेवा आयोगबाट भर्खर सेवा प्रवेशको लागि विद्यालय आएका शिक्षकहरुलाई विद्यालय कसरी सन्चालन गर्ने,विद्यालय सन्चालन गर्दा आईपर्ने चुनौती,प्रशासनिक काम लगायतको विषयमा जानकारी दिन पहिलो चरणको तालिम सन्चालन गरीएको हो । सोहि प्रकारको तालिमहरु चरणबद्ध रुपमा आगामी दिनमा पनि सन्चालन गरिने भट्टले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिका सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भगवान पौडेलको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा शाखा अधिकृत विवेक खतिवडा, शिक्षा अधिकृत प्रकाश दत्त भट्ट र कृष्ण प्रसाद लम्साल आतिथ्यत रहेको थियो । नीलकण्ठ नगरपालिकाको ८० वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोइरालाले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |