धादिङ,१४ मंसिर
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले बन्ध्याकरण गर्ने दपत्तीलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहयोग गरेको छ । सन्तानको रहर पुगिसकेका दम्पतीहरुको लागि आयोजना गरीएको बन्ध्याकरण शिविरमा गाउँपालिकाले प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरेको हो । बेनिघाट आधारभुत अस्पतालमा सम्पन्न भएको बन्ध्याकरण शिविरमा १० जनाले सेवा लिएका बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बर्जेस तामाङले जानकारी दिनुभयो ।
बन्ध्याकरण गरेका सिमान्तकृत चेपाङ परिवार लगायतका व्यक्तिहरुलाई पोषण युक्त खानेकुरा खानको लागि रकम सहयोग गरीएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)ले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक) र उपाध्यक्ष टाप बहादुर श्रेष्ठले नगद रकम वितरण गर्नुभएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |