धादिङबेशी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बेनिघाट रोराङ गाउँपालिका वडा न ३ का बालबालिकाहरुलाई झोला बितरण गरिएको छ ।
लायन्स क्लव अफ काठमाण्डौ जुपिटर र शितल छहारी नेपालको सहयोगमा मानव अधिकार संगठन धादिङको संयोजनमा तिनकन्या बागेश्वरी आ. वि. का बालबालिकाहरुलाई झोला बितरण गरिएको हो । आज एक कार्यक्रमको बिच बिद्यालयमा अध्ययनरत बिद्यार्थी बालबालिकाहरुलाई ३५ थान झोला, २ वटा भलिबल, २० थान स्किपिङ डोरि लगायत स्टेशनरी सामाग्री वितरण गरेको छ । सामाग्री बितरण समारोहमा शितल छहारी नेपाल धादिङका अध्यक्ष कृष्ण बद्री पौडेल,लायन्स क्लव अफ जुपिटरका जनस्वास्थ्य बिभाग प्रमुख सुजन श्रेष्ठ, मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,लायन्स क्लव अफ काठमाण्डौ जुपिटरका सदस्य बालकृष्ण नेपालीको आतिथ्यता रहेको थियो ।
सामाग्री बितरणकै अवसर पारेर बेनिघाट रोराङ गाउँपालिका वडा न ३ का आमा समुह तथा तिनकन्या आ.वि.का बालबालिकालाई लैङ्गिक हिंम्सा तथा मानव अधिकार सम्बन्धी सचेतना कक्षा समेत संचालन गरिएको थियो ।
आमा समुहका अध्यक्ष पवित्रा लोहनी र उक्त विद्यालयका प्रधानाध्यापक जंगबहादुर लोहनीले सहयोगी संस्थाहरुलाई सामाग्री हस्तान्तरण तथा सचेतना कक्षा संचालन गरेकोमा धन्यावाद प्रकट गर्नु भएको शितल छहारी नेपाल धादिङका अध्यक्ष कृष्ण बद्री पौडेलले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |