धादिङ ,१९ पुस
जिल्ला कारागार धादिङमा रहेका कैदी बन्दीहरुलाई योग अभ्यास तथा मनोसामाजिक परामर्श कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा कारागारमा रहेका कैदीहरुको लागि २ दिने योग अभ्यास तथा मनोसामाजिक परामर्श कार्यक्रम गरिएको हो ।
कारागारमा रहेका कैदीबन्दीलाइ सुधार केन्द्रको रुपमा विकास गर्नुपर्छ भन्ने अवधारणाका साथ योग अभ्यास र मनोसामाजिक परामर्श गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख अमुल्य दाहालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यलय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले कैदी बन्दी जीवन सहज जीवन नभएको भन्दै घर परिवार र समाजबाट टाढा भएर बस्नु परेको अवस्थामा रहेको कैदी बन्दीहरुलाई यस्ता कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो।
त्यसैगरी हरेक मानिस शारिरीक र मानसिक रुपमा तन्दुरुस्त हुन जरुरी रहेको भन्दै कार्यक्रममा राम्रो सँग अभ्यास गर्नुको लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले आग्रह गर्नु भयो ।
जिल्ला कारागार धादिङमा ३०९ जना कैदी बन्दीहरु रहेकोमा ६० जनालाइ योग अभ्यास तथा मनोसामाजिक परामर्श कार्यक्रम गरिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख अमुल्य दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, कारागार प्रशासक राममणी मिश्र लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |